परवानीपुरमा युवा जागरण अभियानको आयोजना

बारा । बारामा नेकपा एमालेले युवा जागरण अभियान कार्यक्रम गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत परवानीपुरमा युवा संघ नेपाल मधेश प्रदेशले युवा जागरण अभियान कार्यक्रम आयोजना गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश स्तरीय बृहत युवा जागरण अभियानमा कार्यक्रममा बोल्दै अध्यक्ष क्षितिज थेवेले चुनावमा जान अहवान गरेका सरकार नेकपा एमालेले आयोजना गरेको युवा जागरण अभियान सँग डराएको आरोप लगाए ।

शुशिला कार्कीको नलायक सरकारले जेनजीलाई उचालेर कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लगाए । एनजिओको सरकार लगायत मन्त्रिमण्डलले यही हबिगत भएर अगाडी बढ्यौ भने ,’ तिमीहरूको कुनै पनि कार्यक्रम अघि बढ्न नदिन युवा संघ अगाडी बढने चेतावनी समेत दिएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै एनजिओको सरकार डराएर कार्यक्रम बिथोल्न प्रयास गरेको पुर्व मन्त्री ज्वाला साहले बताईन । नेकपा एमाले कफन बाधेर जनताको हकहितको लागि सदैव तयार रहेको साहले बताईन ।

जेनजीको नाममा ताकी ताकी निर्दोष युवाहरुलाई गोली हानियो, सुरक्षाकर्मीलाई घाईते बनाइयो, जनमाना डर त्रासको महोल सृजनाले देश अस्थिरताको बाटोमा गएको उनले बताईन । जनताको सेवकको भुमिकामा एमाले पार्टी रहेकोले युवा, विधार्थी, सुरक्षाकर्मी कोही पनि डराउने अवस्था नरहेको समेत जिक्र गरिन ।

जेनजीको नाममा आतङ्ककारी शैलीमा व्यक्तिगत सम्पत्तिमा आगजनी, लुटपाट, हत्या गर्ने योजना निन्दनीय रहेको समेत उनले बताइन । भ्रष्टाचार विरोधी जेनजीलाई काधमा काध मिलाएर देशको सेवा गर्न सुझाव पनि दिईन ।

कार्यक्रममा बोल्दे पुर्व मन्त्री किसान श्रेष्ठले नेकपा एमालेको शक्ती देखेर विदेशी शक्तिको बलमा बनेको सरकार डराएको आरोप लगाए । युवा जागरण अभियान कार्यक्रम बिथोल्न जेनजीका युवाहरुलाई उक्साउने दुस्साहस अब असहय हुने बताए ।

कार्यक्रम मधेव प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठ, प्रदेश संसद अच्युत मैनाली, बलबिर चौधरी, सुनिल पाल, मोविन आलम, राम यादव, सदाम अंसारी लगायत कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की