अग्रज निर्माता दिलीप पौडेलको निधन

काठमाडौं । चलचित्र निर्माता दिलीप पौडेलको बुधवार राती निधन भएको छ । ज्वाला, जीवन संघर्षजस्ता चलचित्रका निर्माता पौडेलको उपचारको क्रममा ७४ वर्षको उमेरमा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधवार राती ११ बजेर १६ मिनेटमा निधन भएको हो । दिवंगत निर्माता पौडेलको बुधवार राती नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो ।

चलचित्र निर्माता सँगै पौडेलले नेपालमा पहिलो पटक कानुनी लेखापढी सेन्टरको रूपमा काठमाडौँको डिल्लीबजारबाट ‘आनन्द लेखापढी सेन्टर’ स्थापना गरेर सञ्चालनमा ल्याएका थिए । उनी नेपाल लेखापढी कानुन व्यवसायी संघको संस्थापक अध्यक्षसमेत थिए । उनले काठमाडौँ, भक्तपुर र इटहरीमा ‘सिमपानी कबाब घर’ सञ्चालन गर्दै आएका थिए ।

निर्माता पौडेलले राजेश हमाल, सिर्जना बस्नेत, सुनिल थापा, सरोज खनाल, कृष्टी मैनाली, रुपा राना, हरिप्रसाद रिमाल, हरिहर शर्मा, सुभद्रा अधिकारी, टीका पहाडी, मदनदास श्रेष्ठलगायतका कलाकारलाई लिएर चलचित्र ‘ज्वाला’ र राजेश हमाल, मिथिला शर्मा, युवराज लामा, आराधना क्षत्री, उत्पला खड्कासहितका कलाकारलाई लिएर चलचित्र ‘जीवन संघर्ष’ निर्माण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल