९ मंसिरमा अनिवार्य अवकाशमा जाँदै मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल ९ मंसिरमा अनिवार्य अवकाशमा जाँदैछन । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव अर्याल यही ९ मंसिरमा अनिवार्य अवकाशमा जान लागेका हुन ।

अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका हुन् । ०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।

अर्याल अवकासमा जाने भएपछि सरकार अर्को मुख्यसचिव नियुक्तिको तयारीमा छ । निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरूमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह