काठमाडौं । गायिका नितु पौडेलको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरीलाई काठमाडौं जिल्ला अदालतले ३ लाख धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशपछि गिरीले धरौटी रकम बुझाएर रिहा भएका छन् ।
प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, गिरीले अदालतको आदेश अनुसार धरौटी रकम बुझाएपछि उनलाई रिहा गरिएको हो । नितु पौडेलको निधनपछि उनका परिवारले गिरीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए ।
नितुका बुबा रमेशप्रसाद पौडेलले छोरीको मृत्युको कारण गिरीको क्रियाकलापलाई जिम्मेवार ठहर गर्दै गिरीविरुद्ध उजुरी दिएका थिए । नितुले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । उनलाई तत्काल कीर्तिपुरस्थित वर्न अस्पताल पुर्याइएको थियो । उनको उपचारको क्रममा निधन भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)






