वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैन: अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने जिकिर गरेका छन् । शनिबार काठमाडौँमा आयोजित जनप्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनैपर्छ,’ अध्यक्ष ओलीले भने, ‘संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्‍याउने ठाउँ नै छैन । कोर्टले यसलाई संवैधानिक ठहर्‍याउनै सक्दैन ।’

अदालतमा गएर यो कामको नेतृत्व एमालेले गर्ने ओलीको भनाइ छ । उनले एमाले देशमा शान्ति, सुव्यवस्था भएको, लोकतान्त्रिक व्यवस्था स्थापना र त्यसको प्रयोगका लागि बनेको दाबी समेत गरे ।

‘यस देशको स्वाभिमानको रक्षाका लागि बनेको पार्टी हो । यो पार्टी देशमा शान्ति, सुव्यवस्था भएको, लोकतान्त्रिक व्यवस्था स्थापना र त्यसको प्रयोगका लागि बनेको पार्टी हो,’ ओलीले भने, ‘जनतालाई सहज ढंगले सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित भएको हो । सुशासनयुक्त, शान्तियुक्त समाज स्थापनार्थका लागि बनेको पार्टी हो । देशलाई समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यमा पुर्‍याउन बनेको हो ।’

एमाले भन्ने पार्टी देशमा छ भन्ने कुरा सबैले बुझ्नुपर्ने उनको भनाइ छ ।

‘यो देशमा नेकपा एमाले छ, सबैले बुझ्नुपर्नेछ । तसर्थ कसैले कुनै हिसाबले, कुनै तरिकाले अवैध र असंवैधानिक, अलोकतान्त्रिक ढंगले देशमा कुनै गडबडी मच्चाएर एक छिनका लागि सरकार कब्जा गरिहाल्यो भने हामी फेरि लोकतान्त्रिक प्रक्रियामा फर्काएर छाड्छौँ,’ ओलीले जिकिर गरेका छन् । मिचिएको संविधानलाई नमिचिने अवस्थामा फेरि फर्काएर ल्याउने ओलीको उद्घोष थियो ।

‘अराजकताको राज लामो समय जान सक्दैन । नेकपा एमालेले अराजकताको राज छिट्टै अन्त्य गर्छ । नेकपा एमाले जनतासँगै छ, जनताको अघि लागेर राष्ट्रिय, सुशासन ल्याएर देशमा शान्ति ल्याउँछ,’ ओलीको भनाइ छ ।

वर्तमान सरकार संविधान मिचेर बनेको उनको आरोप छ । ‘लोकतान्त्रिक विधि, प्रक्रिया त्यसबाट नबनेको सरकार छ । त्यस प्रणालीलाई अस्वीकार गरेको सरकार छ । यस सरकारलाई हामी अवैधानिक, असंवैधानिक, कृत्रिम ढंगले लोकतन्त्रका विरुद्धमा खडा गरिएको हिंसा, आगजनी, तोडफोडबाट बनाइएको भनेर सबै जनतालाई थाहा छ,’ ओलीले भने ।

??????????? ????????? ????????, ? ??????? ????? ?????????? ?????? (?????) ?? ?????? ?????????? ?????? ‘??????????? ?????????? ??? ?????’ ??????????? ?????????? ??????? ????????? ????????÷????
तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलको उपाधी लुम्बिनीलाई