कृषि, उद्योग र सेवामा कमजोर कर्णाली

– प्रदेशगत तुलनामा कर्णाली अझै पनि देशको सबैभन्दा कमजोर
– कर्णालीको आर्थिक वृद्धि ७ प्रदेशमध्ये सबैभन्दा कमजोर, कृषि–उद्योग दुवैमा गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययनले आगामी वर्षमा सुधार गर्ने सम्भावना रहेको आशा देखाएको छ । आगामी आर्थिक परिदृश्य आशाजनक भए पनि चुनौतीपूर्ण देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनअनुसार कर्णालीको अर्थतन्त्र अझै कृषि–आधारित, कमजोर औद्योगिक संरचना र सीमित सेवा बजारमा सीमित रहेको पुष्टि गर्छ । प्रतिवेदनले आगामी वर्ष २०८२–८३ मा कर्णालीको अर्थतन्त्रमा सुधारको संकेत दिएको छ ।

अग्र्यानिक उत्पादन र जडिबुटीमा आशाको किरण

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको अवस्थामा कर्णालीको जम्मा ४.१९ प्रतिशत मात्रै योगदान रहेको छ । जुन गत वर्षको ४.२९ प्रतिशतभन्दा झनै कम हो ।

प्रदेशमध्ये कर्णालीको हिस्सा सबैभन्दा कम
केन्द्रीय बैंक र राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार बागमती प्रदेश सबैभन्दा अगाडि छ । यसको योगदान राष्ट्रिय अर्थतन्त्रमा ३६.५२ छ । त्यस्तै कोशी प्रदेशको योगदान १५.९ प्रतिशत छ । लुम्बिनी प्रदेशको भने १४.२३ प्रतिशत योगदान राष्ट्रिय उत्पादनमा छ । मधेस प्रदेशको १३.१६ प्रतिशत योगदान देखिएको छ । सुदूरपश्चिमको ७.०३ प्रतिशत छ । गण्डकी ८.९८ प्रतिशत योगदान छ । कर्णालीको भने ४.१९ प्रतिशत अर्थात् सबैभन्दा कम रहेको छ । यो तथ्यले कर्णाली आर्थिक दृष्टिले अन्य प्रदेशभन्दा निकै पछाडि रहेको चित्र स्पष्ट हुन्छ ।

कृषि र उद्योगमा योगदान न्यून
प्रदेशगत उत्पादन संरचना तुलना गर्दा पनि कर्णालीको हिस्सेदारी सबै क्षेत्रमै कमजोर छ ।

कृषि क्षेत्रमा कोशी प्रदेशले २१.५१ प्रतिशत योगदान दिँदै गर्दै अग्रस्थानमा छ । कर्णालीले ५.२४ प्रतिशत मात्र योगदान गरेको छ । यो देशकै सबैभन्दा कम हो । यसैगरी उद्योग क्षेत्रमा बागमती प्रदेश अग्रणी ३१.६८ प्रतिशत योगदान छ ।

यसले कर्णालीको अर्थतन्त्र अझै कृषि–आधारित, कमजोर औद्योगिक संरचना र सीमित सेवा बजारमा सीमित रहेको पुष्टि गर्छ ।

प्रदेशगत तुलनामा कर्णाली अझै पनि देशको सबैभन्दा कमजोर आर्थिक इकाई बनेको छ । कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा कर्णालीको योगदान न्यून देखिए पनि प्राकृतिक स्रोत, अग्र्यानिक उत्पादन, जडिबुटी, पर्यटन र पूर्वाधार विस्तारका कार्यक्रमले कर्णालीले आगामी वर्षमा सुधार गर्ने सम्भावना यथार्थमै ठूलो देखिन्छ ।

कर्णालीको समग्र आर्थिक वृद्धि ४.७४ प्रतिशत
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, आर्थिक वर्ष २०८१–८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत रहने अनुमान गरिएको छ । बाहिरी रूपमा यो सकारात्मक देखिए पनि उत्पादन संरचना, लगानी र रोजगारीमा देखिने गिरावटले प्रदेशको आन्तरिक अर्थतन्त्र दबाबमा रहेको संकेत गर्छ ।

कर्णालीको कृषि उत्पादन ५.०१ प्रतिशतले घटेको प्रतिवेदनले देखाउँछ । मुख्य खाद्य बालीमध्ये धान १०.२५ प्रतिशतले घटेको छ । गहुँ १७.३१ प्रतिशतले घटेको छ । कोदो २२.९२ प्रतिशत, जौ ८.५५ प्रतिशत, तरकारी उत्पादन ०.८८ प्रतिशतले घटको छ । फलफूल ३६.४१ प्रतिशतले घटेको छ । मकै उत्पादन मात्रै ४.२४ ले बढेको छ । कृषि क्षेत्रमा बैंक कर्जा पनि ७.७० प्रतिशतले घटेपछि उत्पादन क्षमतामा थप दबाब परेको विश्लेषकहरूको ठम्याइ छ ।

उद्योग क्षेत्र कमजोर
कर्णालीका उद्योगहरूको औसत क्षमता उपयोग ४६.५२ प्रतिशतमा सीमित देखिएको छ । तार तथा केबल उद्योग मात्र उच्च उपयोग ९० प्रतिशत, गलैँचा उद्योग २३ प्रतिशत, औद्योगिक कर्जा १.९४ प्रतिशत ले घटेको छ ।

वन पैदावार, घरेलु कच्चा पदार्थ र जडिबुटीमा आधारित उद्योग विस्तार गर्न सकिने सम्भावना रहे पनि लगानी अभावले उद्योग क्षेत्र स्थिर हुन सकेको छैन ।

पर्यटक आगमनमा कर्णालीले मिश्रित अवस्था देखाएको छ ।

कुल पर्यटक १.७२ प्रतिशतले मात्र वृद्धि भएको छ । भारतबाट आउने पर्यटक २३.८५ प्रतिशतले घटेको छ । चीनबाट आउने २५.७७ प्रतिशतले घटेको छ । तेस्रो मुलुकबाट भने ९.१३ प्रतिशतले वृद्धि भएको छ ।

पूर्वाधारमा भने सुधार
आर्थिक वर्ष २०८१–८२ मा प्रदेशभर विद्युत् प्रसारण लाइन ३५७५.७४ किमी पुगेको छ । यस्तै, कर्णाली कोरिडोर, पुष्पलाल लोकमार्ग, मदन भण्डारी राजमार्ग, भेरी–बबई डाइभर्सन जस्ता राष्ट्रिय पूर्वाधार आयोजनाले गति लिन थालेको प्रतिवेदनले जनाएको छ ।

कर्णाली प्रदेशले ३१ अर्ब ४१ करोड रुपैयाँको बजेटमा १९ अर्ब ९९ करोड (६३.६७ प्रतिशत) खर्च गरेको छ । कुल २७ अर्ब ६८ करोड रुपैयाँ आय संकलन गरेको छ । यो खर्च क्षमता अन्य प्रदेशको तुलनामा मध्यम देखिन्छ तर अपेक्षाकृत कमजोर कार्यान्वयन क्षमता उजागर गर्छ ।

यसले कर्णालीको अर्थतन्त्र अझै कृषि–आधारित, कमजोर औद्योगिक संरचना र सीमित सेवा बजारमा सीमित रहेको पुष्टि गर्छ ।

प्रदेशगत तुलनामा कर्णाली अझै पनि देशको सबैभन्दा कमजोर आर्थिक इकाई बनेको छ । कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा कर्णालीको योगदान न्यून देखिए पनि प्राकृतिक स्रोत, अग्र्यानिक उत्पादन, जडिबुटी, पर्यटन र पूर्वाधार विस्तारका कार्यक्रमले कर्णालीले आगामी वर्षमा सुधार गर्ने सम्भावना यथार्थमै ठूलो देखिन्छ ।

प्रतिवेदनले आगामी वर्ष २०८२–८३ मा कर्णालीको अर्थतन्त्रमा सुधारको संकेत दिएको छ ।

समयमै धान रोपाइँ, मौसम अनुकूलता, आन्तरिक पर्यटन वृद्धि, शिक्षा, स्वास्थ्य, वित्तीय पहुँचमा सुधार, प्रसारण लाइन तथा सडक पूर्वाधारमा प्रगति, भेरी–बबई तथा कर्णाली कोरिडोर जस्ता ठूला आयोजनाबाट प्रत्यक्ष प्रभावका कारण सुधारको संकेत दिएको हो ।

तर, लगानी वातावरण कमजोर, युवा पलायन, गरिबीको उच्च दर, कठिन भौगोलिक संरचना, कृषि उत्पादनमा गिरावट, उद्योग विस्तारको चुनौती जस्ता कारणले कर्णालीको आर्थिक भविष्य मिश्रित देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की