बोगुरा इन्टरनेशनल फिल्म फेस्टिबमा नेपालका चार चलचित्र

काठमाडौं । छैटौँ संस्करणको ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिब २०२६ (बिआईएफएस)मा नेपालबाट तीन वटा लघु चलचित्र र एउटा बृत्तचित्र चयन भएको छ । बंगालदेशको यो महोत्सव आगामी ६ देखि १० जनवरीमा हुँदैछ । यो महोत्सवको अन्तर्राष्ट्रिय समूहतर्फ नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) चयन भएको छ । सो महोत्सवमा यो चलचित्र ‘इन्टरनेशलन ओपन डोर समूह’मा चयन भएको छ ।

यस्तै नेपालबाटै ‘इन्टरनेशनल सर्ट’आचार्य गोपाल निर्देशित लघु चलचित्र ‘किबोर्ड’ र सचिन घिमिरे निर्देशित लघु चलचित्र ‘करुणा’ पनि चयन भएको छ । यी दुवै चलचित्र अन्तर्राष्ट्रिय लघू चलचित्र विधा तर्फ चयन भएको हो ।

यस्तै यही अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बृत्तचित्र विधातर्फ केपी पाठक निर्देशित नेपाली बृत्तचित्र ‘तान्त्रिक डान्स’ चयन भएको छ । यो नेपालका तान्त्रिकहरूको धामी नृत्यमा आधारित छ ।

लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) लाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । नेपाली समाजमा अझै विधामान महिनावारी हुँदा छुवाछुतको कुरीतिलाई यो लघु चलचित्रमा उठाइएको छ । २१ मिनटको यो लघु चलचित्र यस अघि ग्रामीण चलचित्र महोत्सवमा पनि चयन भएको थियो ।

जसमा प्रवण भुसाल, सरिता भारती, कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मासहितको मुख्य भूमिका रहेको छ । रामशरण उप्रेतीले खिचेको लघु चलचित्र ‘द चेन्ज’लाई वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, ओम सुनारको पाश्र्व संगीत गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह