उदयपुर । उदयपुर र खोटाङ जोड्ने सुनकोशी नदिस्थित बंङसिलाघाट मोटरेबल पक्की पुल निर्माण ब्यवसायीका लापरबाहीले अलपत्र परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका– १ खोटाङको पुर्बि दक्षिणी भेगका बाराहा पोखरी गाउँपालिका– ५ तथा भोजपुरको दक्षिण भेगलाई जोड्ने बंङसिलाघाट मोटरेबल पक्की पुल निर्माण ब्यवसायीको लापरबाहीले लामो समय देखि अलपत्र परेको हो ।
बंङसीलाघाट मोटरेबल पक्की पुल निर्माणको काम ३३ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित ठेक्का सम्झौता भई सुरु भएको पुल निर्माणको काम लामो समयसम्म रोकिएपछि स्थानीयबासीले सास्ती खेप्नु परेको छ । पुल निर्माणका लागि २०७७ पुस २८ गते सम्झौता भई २ वर्ष ९ महिनाभित्र अर्थात् २०८० असोज २७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखि ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण सम्पन्न हुने म्याद सकिएको २६ महिना बिति सकेको छ ।
पुल सेक्टर कार्यालय धरानका अनुसार लामो समय निर्माण ब्यवसायी सम्र्पकमा नआउँदा समस्या भएको हो । तर अघिल्लो वर्ष देखि भने सम्र्पकमा आएर केही काम सुरु गरेको र यस वर्ष पनि निर्माण ब्यवसायी सम्र्पकमा आएकाले काम गर्छ कि भन्ने विश्वास रहेको बताए ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१ र खोटाङको बाराहापोखरी गाउँपालिका–५ जोड्ने बंङसीलााघाट खोटाङको दक्षिणपूर्वी भेगलाई उदयपुरको बेल्टार हुँदै तराईसँग जोड्ने प्रमुख नाका हो ।
दैनिक सयौं सर्बसाधारण आउजाउ गर्ने सो नाकामा पुरानो झोलुङ्गे पुल ०८१ असोज १२ गतेको बाढीले क्षति पु¥याएपछि अहिले सर्बसाधारण जोखिमपूर्ण आवागमन गर्न बाध्य भएका छन । तर, कमजोर संरचनाका कारण कुनै पनि बेला फेरि भत्कने जोखिम भएकाले स्थायी पुल छिटो सम्पन्न गर्नुपर्ने उनीहरूको माग छ । सप्तरीको फत्तेपुर हुँदै उदयपुरको बेल्टार बजार भएर खोटाङतर्फ चिसापानी हुँदै खोटाङ बजार, दिक्तेल जोड्ने सो सडक खोटाङ, भोजपुर, उदयपुर मात्र नभई सप्तरी, सुनसरी, मोरङ लगायत तराईका जिल्लासँग सिधा सम्र्पक गर्ने महत्वपूर्ण मार्ग हो ।
खोटाङको बाराहापोखरी, साकेला, जन्तेढुङ्गा, खोटेहाङ र भोजपुरका बासिन्दाले समेत आवतजावत गर्ने भएकाले बंङसीलाघाट पुलको निर्माणलाई तीब्रता दिनु पर्ने बाराहा पोखरी गाउँपालिका– ५ का वडाध्यक्ष फौजराज राई बताउँछन् । पुल निर्माण कार्यमा चरम ढिलासुस्ती भएको भन्दै स्थानीयबासी आक्रोसित भएका छन । यो पुल उदयपुर र खोटाङका लागि मात्रै होइन, तराईका विभिन्न जिल्लासँग सोझो जोड्ने महत्वपूर्ण योजना हो । त्यसैले छिटो निर्माण हुनु पर्ने स्थानीयबासी खिलाराज राईको माग रहेको छ ।
सो मोटरेबल पक्की पुल सम्झौता अनुरुप निर्माण सम्पन्न हुने म्याद सकिएको २ वर्ष २ महिना बित्ति सक्दा ११ प्रतिशत मात्र काम भएको पुल सेक्टर कार्यालय धरानका सुचना अधिकारी ईन्जितियर आबिष्कार तिम्सिनाले जनाएका छन । सम्झौता भएको ५ वर्ष बित्दा ११ प्रतिशत मात्रै प्रगति भएको उल्लेख गरिएको छ ।
पुल निर्माणका लागि २०७७ पुस २८ गते सम्झौता भई २ वर्ष ९ महिनाभित्र अर्थात् २०८० असोज २७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, एमएस÷कालिका÷बेदान्सी जेभीले कामको डिजाइन र लागत अनुमान समेत आफैं गर्नु पर्ने भएपछि २ वर्ष भन्दा बढी समय लागेको निर्माण कम्पनी बताउँछन । कार्यालयले सम्झौता भएको अवधिमा काम नसकेपछि पटक पटक गरि २०८२ असार मसान्त सम्म म्याद थपेको थियो । तर कामको प्रगति नभएपछि पुन २०८३ बैशाख १९ गते सम्मका लागि म्याद थप्प भएको पुल सेक्टर कार्यालय धरानका सुचना अधिकारी निम्सिनाले जानकारी दिए ।
३ स्पामको १ सय ५० मिटर लामो र ११ मिटर चौडाइको यो पुल मूल्य अभिबृद्धि कर (भ्याट) सहित १९ करोड १८ लाख ४१ हजार रुपैयाँ लागतमा निर्माण सम्झौता भएको छ । पुल सेक्टर कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर आविष्कार तिम्सिनाका अनुसार पुलको डिजाईनमा समस्या आएकाले काममा ढिलाइ भएको बताए ।
तर अहिले पुलको डिजाईन परिर्बतन गरि पायल प्रबिधिमा निर्माण थालिएको छ । एउटा पिलरमा निर्माण कम्पनीले नदिको जमिन मुनि २१ वटा पाईलिङ ढलान गरि सकेको छ । तर, अबको थपिएको म्याद भित्र ६ महिनामै पुल निर्माण सकिने सम्भावना छैनन् । निर्माण कम्पनी एमएस÷कालिका÷बेदान्सी जेभीले बिभिन्न बहानामा पुल निर्माणको काम गर्नुको सट्टा वर्षमा केही दिन काम गरे जस्तो गरेर झुक्याउने काम गरेको वडाध्यक्ष राईको भनाई रहेको छ ।






