वीरगञ्जमा रोकिएका २१५ भारतीयलाई भारत पठाइयो

वीरगन्ज । मुलुकको विभिन्न ठाउँबाट भारत जान भनी वीरगन्ज नाकामा आई यतै रोकिएका २ सय १५ भारतीयलाई उनीहरुको देश भारत पठाइएको छ । रोजगारी लगायतका लागि विभिन्न समयमा नेपाल आई लकडाउनमा यतै फसेका उनीहरुलाई आफ्नै देश भारत पठाइएको हो ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरण गर्न दुवै देशले सीमा नाकामा कडाई गर्न थालेपछि नेपालको विभिन्न ठाउँबाट वीरगन्ज नाकामा आइपुगेका उनीहरु यतै रोकिएका थिए । कुनै कन्टेनर गाडी त कुनै पैदल पनि हिडेर यहाँ सम्म आइपुगेका उनीहरु लकडाउन सुरु भइसकेपछि भारत जान नसकी वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका थिए । मंगलबार दुवै देशको काउन्टर पार्टको सहमति पछि उनीहरुलाई भारत नै पठाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले राजधानी सँग बताए ।
संक्रमण भई निको भएका एक जमाती पनि पठाइए

गएको चैत ३० गते पर्सामा पहिलो पटक संक्रमित पुष्टि भएका तीन भारतीय जमाती मध्ये एक निको भएका जमाती पनि भारत पठाइएका २ सय १५ जनामा परेका छन् । उनीसँगै अरु २५ जमाती त्यो टोलीमा परेका छन् । कोरोना संक्रमित पुष्टि भई निको भएर नारायणी अस्पतालबाट गएको बैशाख १४ गते डिष्चार्ज भएका चार मध्ये एक मुस्लिम जमाती पनि टोलीमा परेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

नेपालमा गएको चैत ११ गते र भारतमा पनि सोही समयदेखि लकडाउन सुरु हुँदै सीमा नाकामा आवज जावत बन्द गरिएको थियो । कोरोना संक्रमण कम गर्न सीमा नाकामा समेत कडाइ गरिन थालेपछि नेपाल तर्फ भएका सबै भारतीय नागरिकलाई नेपालमा नै व्यवस्था गरिनु पर्ने र भारत तिर भएका सबै नेपालीलाई भारतमै त्यहि व्यवस्थापन गरिनु पर्ने दुवै देशको उच्चस्तरीय सहमति पछि त्यसै गरिँदै आएको थियो ।
तर लामो समयसम्म क्वारेन्टाइनमा राखी संक्रमित नदेखिएका र आफ्नो घर जान चाहनेलाई दुवै तर्फको सहमति पछि बुझ्ने बुझाउने काम गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतको भनाइ छ ।

नेपालका पनि २२२ जना ल्याउने तयारी हुँदै
नेपालको सीमा नाका छेउ भारतको रक्सौल स्थित हजारीमल धर्मशालामा रहेका नेपालका पनि २ सय २२ जना नेपालीलाई बुधबार अबेर सम्ममा नेपाल ल्याउने कुरा भइरहेको छ । ‘उताको स्थानीय सुरक्षा संयन्त्रलाई माथिको आदेश आइनसकेको भन्ने कुराले मात्र रोकिइरहेका छौं । सम्भवतः बुधबार अबेरसम्म या बिहिबार बिहान वीरगन्ज नाकाबाट २ सय २२ जना नेपालीलाई पनि यता ल्याइनेछ’, सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)