४० दिनमा सकियो ‘परालको आगो’

काठमाडौं । गुरु प्रसाद मैनालीको कथामा निर्माण भइरहेको चलचित्र ‘परालको आगो’को छायांकन सकिएको छ । यो चलचित्रको ४० दिनमा छायांकन सम्पन्न भएको हो । यो चलचित्रको छायांकन मंगलवार सकिएको निर्माण पक्षले जनाएको छ । म्याग्दीको विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्र आगामी ११ वैशाखमा रिलिज गर्ने घोषणा पनि निर्माण पक्षले गरेको छ ।

यो चलचित्रको छायांकन ३० दिनको सेड्युलमा राखिएको भए पनि असोज र कात्तिकमा केही दिन मौसम खराब भएका कारण यसको छायांकन ४० दिन लागेको यसका निर्माता सुशील पोखरेलले जानकारी गराए ।

‘परालको आगो’मा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने, एन्जिला बानियालगायतको अभिनय छ ।

सुशील देवकोटाको लेखन रहेको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। ‘परालको आगो’मा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको गीत, शान्ति ठटाल, सत्य स्वरूप र अभिनेता प्रकाश सपुतकै संगीत रहेको छ ।

यो चलचित्रमा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, नगेन्द्र घिमिरेको निर्माण व्यवस्थापन, आर.आर फिल्मस वितरण र ओएसआरको ओटीटी राइट्स रहेको छ ।

कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा रहेको ‘परालको आगो’लाई ४५ वर्षअघि प्रताप सुब्बाको निर्देशनमा चलचित्र तयार गरिएको थियो । त्यति बेला यो चलचित्रले चर्चा पाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल