महाधिवेशनको निर्णय लिन कांग्रेस केन्द्रीय समितिको बैठक भोलि, महामन्त्रीद्वय र कावा सभापति खड्का छलफलमा

काठमाडौँ। नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफलमा जुटेका छन् । केन्द्रीय समिति बैठक बस्नुअघि सहमति जुटाउनको लागि खड्काले पार्टीका नेताहरूसँग निरन्तर छलफल थालेका हुन् । १५ औँ महाधिवेशन’bout निर्णय लिनको लागि भोलि केन्द्रीय समिति बैठक बस्दै छ ।

महामन्त्रीद्वयले पुसभित्रमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन् । तर संस्थापन पक्षका नेताहरू चुनावअघि कुनै महाधिवेशन गर्न नसक्ने पक्षमा छन् । भोलिको बैठकअघि महाधिवेशन’bout मध्यमार्गी प्रस्ताव ल्याएर सहमति जुटाउने भन्दै कार्यवाहक सभापति खड्का छलफलमा रहेको प्रवक्ता डा. प्रकाश शरण महतले बताए ।

खड्काले हिजो पार्टी सभापति शेरबहादुर देउवासहित पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठक टुङ्गिन नसक्दा खड्कामाथि चर्को दबाब छ ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

epaper

ताजा समाचार

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले