एमाले महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारको लर्को

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न ११ औँ महाधिवेशनको लागि बुधवारबाट देशैभर प्रतिनिधि चयनको काम भइरहेको छ। यसैबीच धनकुटा जिल्लाबाट महाधिवेशन प्रतिनिधिको लागि कोटाभन्दा धेरै आकाक्षीहरु मैदानमा देखिएपछि मतदान हुने भएको छ। बुधवार एमाले जिल्ला पार्टी कार्यालय श्रीवानीमा प्रतिनिधिका आकांक्षीहरुले उम्मेदवारको मनोनयन दर्ता गराएका छन्।

यही मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको लागि धनकुटाबाट खुल्लातर्फ ७ जना, महिलातर्फ ४ जना, युवातर्फ १ जना र दलित तर्फ १ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। जसमध्ये खुल्लामा १८ जना, महिलातर्फ ८ जना, युवातर्फ ५ जना र दलित तर्फ १ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। खुल्लातर्फ चिन्तन तामाङ, अर्जुन छारा राई, पर्शुराम नेपाल, शिव आङ्ला लिम्बू, खजिन्द्र राई, इन्द्रमणि पराजुली, निरन राई, शान्तिराम गौतम, टंकबहादुर चुहान, दीपक बुढाथोकी, तिलक बहादुर कार्की, उमेश घिमिरे, प्रविण पोख्रेल, निरेन तामाङ, गोपाल भट्टराई, चन्द्रबहादुर बस्नेत, मनोज राई र शेरबहादुर लिम्बूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

यस्तै महिलातर्फ गोमा कार्की, सम्झना आले, निर्मला इवाहाङ, तुलसी राई, मञ्जु अधिकारी कार्की, मनकुमारी तितुङ, यज्ञकुमारी रुचाल र सावित्रा राई रहेका छन् भने युवातर्फ सरोज राई, कमल कार्की, तुलशा पौडेल, रविन कटेल र बसन्त राई (तुप्रिहाङ) ले उम्मेदवार दर्ता गरेका छन्।

दलित तर्फ भने नैन विश्वकर्माको मात्र उम्मेदवारी परेकोले उहाँ सर्वसम्मत हुनुभएको छ। तर, प्रतिनिधी छनौट निर्वाचन कमिटीले घोषणा गर्न भने बाँकी रहेको छ। कोटा भन्दा धेरै मनोनयन गरेका सबै उम्मेदवारबीच छलफल गरि सर्वसम्मत निर्णय गरी पठाउने भनेर नेताहरुले छलफल गरिरहेको प्रमुख निर्वाचन अधिकृत नहकुल राईले बताए। आकांक्षी को को हुन भनेर मनोनयन गराइएको र सहमतिको प्रयास जारी रहेको राईको भनाइ छ। सहमति नभए आगामी शनिवार निर्वाचनको प्रक्रियाबाट प्रतिनिधि निर्वाचित गरिने राईले जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह