राजविराज । अदालतबाट कैद सजाय तोकी फरार रहेका नकवजनी चोरी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर ५ का शितल मण्डल र राजन कुमार साह छन् । गोप्य सूचनाको आधारमा बिहीबार जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय बोदेबरसाईनबाट खटेको संयुक्त प्रहरी टोलिले उनीहरुलाई गाउँघरमै लुकि बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
नकबजनी चोरी मुद्दामा सप्तरी जिल्ला अदालतले मण्डललाई २ महिना ८ दिन कैद र ५ हजार जरिवाना तथा साहलाई २ महिना ८ दिन कैद सजाय हुने फैसला गरेको थियो ।
पक्राउ परेका दुबै जनालाई अदालतमा उपस्थित गराउँदा आदेशा अनुसार कैद सजाय भुक्तानका लागि कारागार चलान गरीएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)







