बारा । बारामा संचालित पानी कम्पनीका सञ्चालक मृत फेला परेका छन् । पर्सौनी गाउँपालिकास्थित भलुही चौकमा सञ्चालनमा रहेको निर पानी कम्पनीका सञ्चालक मृत फेला परेका हुन् ।
निर पानी कम्पनीका मेनेजर सर्लाही धनकौल बस्ने अन्दाजी ५५ वर्षको रामकिशोर सिंहको घाटी रेटेको अवस्थामा स्थानीयले खवर गरेपछि जानकारीमा आएको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताएका छन् ।
घटनास्थलमा तालिम प्राप्त कुकुर ल्याएर घटनाको छानबिन गरिरहेको उनले बताए । घना बस्तीमा रहेको कम्पनीका सञ्चालकलाई निर्ममतापुर्वक घटना घटाएका जोसुकै होस चाडै कानुनको फन्दामा ल्याउने प्रहरी उपरीक्षक कुँवरले बताएन ।
दोषी उम्कन नपाओस भनेर सिमानाकामा सिभिलमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको उनले बताएन ।
तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)






