तीन सर्जकलाई विनय कुमार कसजू स्मृति पुरस्कार प्रदान

काठमाडौं । विनय कुमार कसजूको छैटौँ स्मृतिको अवसरमा उनको जन्म तथा कर्मथलो पाल्पाको तानसेनमा ‘संवाद, सम्मान तथा पुरस्कार अर्पण’ कार्यक्रमको आयोजना गरिएको छ । बुधवार सम्पन्न सो कार्यक्रममा कसजूको नेपाली साहित्य तथा पत्रकारिता क्षेत्रमा योगदान’bout चर्चा गरियो ।

सो कार्यक्रममा विनय कसजू साहित्य साधक पुरस्कार नीलकण्ठ न्यौपानेलाई, विनय कसजू पत्रकारिता पुरस्कार गोविन्द प्रसाद भट्टराई र विनय कसजू रेडियो साधक पुरस्कार राजेश अर्याललाई प्रदान गरियो । उनीहरूलाई पुरस्कार स्वरूप प्रमाण पत्र र जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

पाल्पा जिल्लाको पत्रकारिता विकासमा पु¥याएको योगदानका निम्ति झपेन्द्र गैरेलाई र पाल्पा जिल्लाको सामाजिक सेवाका निम्ति सुशीला श्रेष्ठलाई स्मृति सम्मान प्रदान गरियो । यस्तै बाल साहित्य सम्मान मरणोप्रान्त सम्मान शान्त दास मानन्धरलाई प्रदान गरियो । विनयका जेठा छोरा अभिनव कसजूले स्वागत गरेको सो कार्यक्रमा र पत्नी गंगादेबी कसजूहित अन्य अतिथिले पुरस्कार प्रदान गरेका थिए ।

समारोहमा सर्जक, पत्रकार तथा विभिन्न व्यक्तिहरूले कसजुसँगका आफ्ना सम्झना सुनाए । कार्यक्रममा समाजसेवी बुद्धि प्रसाद शर्मा, साहित्यकार विजय सागर श्रेष्ठ, पत्रकार गोविन्द भट्टराई र सोमनाथ अर्याल, कानुनविद् कमल मलेगोले विनय कुमार कसजुसँगको आफ्ना नीजि सम्झनाहरू स्मरण गरे । उनीहरूले विनय कुमार कसजूका नामबाट तानसेनका चोक, सडक वा प्रतिष्ठानको नामकरण गर्न सकिने, सालिक राख्न सकिने, पुरस्कार राख्न सकिने, हवाई टिकट बनाउन सकिने लगायतका सुझाव दिए ।

राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त कृष्णहरि बाँसकोटाले सूचना आयोगका पहिलो प्रमुख सूचना आयुक्त विनयको कार्यकालमा भएका कामहरूको सूची प्रस्तुत गरे । विनय कसजू जस्तो व्यक्तित्व पाएको पाल्पावासीले भएकाले उनको योगदानको कदर गर्नु पर्ने बाँसकोटाले बताए ।

कार्यक्रममा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरले विनय कुमार कसजूको विविध क्षेत्रको योगदान’bout चर्चा गरिन् । तानसेन नगरपालिकाका प्रमुख सन्तोष वैधले विनय कुमार कसजूका नाम आफूले पालिकाका कामका सन्दर्भमा बारम्बार सुन्दै आएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की