एक सय भन्दा बढी चलचित्र घरमा ‘हर्ष’

काठमाडौं । शुक्रबार १२ मंसिरबाट नयाँ नेपाली चलचित्र ‘हर्ष’ मुलुकका एक सय भन्दा बढी चलचित्र घरबाट प्रदर्शनमा आएको छ । यो चलचित्रको रिलिज अघि बुधवार बेलुका ललितपुरको क्युएफएक्स लविममा प्रिमियर सो गरिएको थियो । प्रिमियरमा पुगेको चलचित्रकर्मी तथा यस चलचित्रका कलाकारले ‘हर्ष’ मन छुने पारिवारिक चलचित्र भएको बताए ।

प्रिमियरमा पुगेका अतिथि कलाकारहरू निरुता सिंह, दीपक आचार्य (काकु), नरेश पौड्याल, संजोग कोइराला लगायतले एकता पौडेलको यो पहिलो निर्देशनको चलचित्र भएर पनि काम निकै राम्रो छ भने ।

दिबंगत निर्देशक शिव रेग्मी पत्नी ज्ञानु रेग्मीले आफ्नी भान्जी एकताले मामाले बनाउने जस्तै पारिवारिक चलचित्र ‘हर्ष’ बनाएको बताइन् । श्रीमानको बिँडो १२ वर्षपछि भान्जी एकताले थामेको पनि उनले जिकिर गरिन् ।

यो चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेणु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित, साइमन वादीलगायतको अभिनय छ ।

आलोक शुक्लाको छयांकन रहेको यो चलचित्रमा समीर–हिमाल, वसन्त सापकोटा र एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की