पाङ्मा कप फुटबल उपाधि विजेताले अढाइ लाख रुपैयाँ पाउने

संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ स्थित पाङ्मामा नवौं आमन्त्रित पाङ्मा कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । खाँदबारी–४ स्थित लोहोरुङ क्लव पाङ्माको आयोजनामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ मंसिर १५ देखि नवौं पाङ्मा कप आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । बिहीबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै आयोजक लोहोरुङ क्लवले फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

उधौली साकेला किरात राई समुदायको महत्वपूर्ण चाडपर्वको अवसरमा सामुदायिक भावनालाई बढवा दिने,खेलकुदमा युवा संलग्नतालाई प्रवद्र्धन गर्ने र साँस्कृतिक पहिचानलाई जिवन्त बनाउने उद्देश्यले नवौं संस्करणको आमन्त्रित पाङ्मा कप फुटबल सञ्चालन गरिने आयोजकले जनाएको छ ।

किरात राईहरुको मौलिक पर्व साकेला उद्यौलि पर्व धान्य पूर्णिमाको अवसरमा दुई बर्ष अघि देखि लाग्दै आएको ढांडे मेला अवसरमा मंसिर १५ गते देखि नवौं पाङ्मा कप फुटबल प्रतियोगिता सञ्चालन हुने प्रतियोगिता संयोजक ध्यान सिं राईले बताए ।

पाङ्मालाई खेलकुदको माध्यमबाट राष्ट्रिय स्तरमा चिनाउन तथा स्थानीय समुदायको संस्कृतिलाई उथान एवम् प्रवद्र्धन गर्ने उद्देश्यले नवौं पाङ्मा आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । आगामी मंसिर १५ गतेदेखि १९ गते सम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा सङ्खुवासभा, भोजपुर सहितका विभिन्न जिल्लाका ८ क्लबको सहभागिता रहने लोहोरुङ क्लव पाङ्माका महासचिव छत्रमणी काफ्लेले बताए ।

विजयी टिमलाई नगद २ लाख ५० हजार रुपैयाँ, ट्रफि, मेडल, प्रमाण पत्र प्रदान गरिने छ । उपविजेतालाई नगद एक लाख रुपैयाँ कप मेडल प्रदान गरिने छ । त्यस्तै गरी सेमिफाइनलमा प्रवेश गरेको दुई टिमलाई नगद २५–२५ हजार प्रदान गरिने आयोजक लोहोरुङ क्लवले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ प्रमाण पत्रलेसम्मान गरिने आयोजकले जनाएको छ ।

फुटबल प्रतियोगितामा करिब नगद ११ लाख बढी खर्च हुने आयोजकले अनुमान गरेको छ । फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्य फुटबल प्रतियोगिता गर्ने लागिएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल