प्रधानमन्त्री कार्की जंगी अड्डामा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलबाट स्वीकृति प्राप्त गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण गरेकी छन् । जंगी अड्डाको निरीक्षणसँगै शान्तिपूर्ण निर्वाचनका लागि सेना परिचालन आवश्यक भएकाले राष्ट्रिय सुरक्षा र संकट समाधानका लागि सेनालाई तयार रहन कार्कीले निर्देशन दिएकी हुन् ।

शुक्रबार जंगी अड्डा पुगेकी प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षा तयारी’bout जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीलाई सैनिक नेतृत्वले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र शान्तिपूर्ण निर्वाचनका लागि नेपाली सेनाको आगामी योजना’bout ब्रिफिङ गरेको थियो ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको म्यान्डेटअनुसार गठन भएको सरकारलाई मुलुकमा शान्ति सुरक्षासहित २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी भएको स्मरण गर्दै नेपाली सेनाको यथोचित सहयोग हुने विश्वास व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले नेपाली सेनालाई निर्देशन दिँदै भनिन्, ‘निर्वाचनमा एक थोपा पनि रगत बग्नुहुँदैन र कोही पनि घाइते हुनुहुँदैन ।’ प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचन विगतको भन्दा भिन्न परिवेश र चुनौतीका बीचमा हुने भएकाले विगतका अनुभव र अहिलेको सुरक्षा संवेदनशीलतालाई कुशलतापूर्वक बुझेर सबै निकायसँगको समन्वयमा सुरक्षा प्रत्याभूति गर्न निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा सुरक्षा ब्रिफिङ भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की