रास्वपा र विवेकशीलबीच एकता घोषणा सभा भोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार एकता हुने भएको छ ।

दुई दलबीच पार्टी एकताका लागि आइतवार राष्ट्रिय सभागृहमा दिउँसो २ बजे सभा राखिएको छ । समितिको शुक्रवार साँझ बसेको विशेष बैठक (भर्चुअल) ले पार्टीसँग एकीकरण गर्ने प्रस्ताव सहर्ष स्वागत गर्दै एकता घोषणा सभा आयोजना गर्ने निर्णय गरेका थिए ।

राजावादीको बिजुलीबजारमा प्रदर्शन
राजावादीहरूले काठमाडौँको बिजुलीबजारमा प्रदर्शन गरेका छन् । शाही युवा शक्ति नेपालको आयोजनामा शनिवार उनीहरूले प्रदर्शन गरेका हुन् । राजतन्त्र पुनः स्थापनाको माग राखी प्रदर्शन गरिएको हो ।

राजतन्त्र पुनः स्थापनाको लागि जनदबाब सिर्जना गर्न शान्तिपूर्ण प्रदर्शन गरिएको शाही युवा शक्ति नेपालले जनाएको छ । प्रदर्शनमा एक दर्जन बढी युवाहरू सहभागी थिए । पछिल्लो समय केही समूहहरूले राजतन्त्र पुनः स्थापनाको माग राखी प्रदर्शन गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले