गायिका सुनिता दुलालले गरिन् विवाह

काठमाडौं । काठे भाकाकी लोक गायिका सुनिता दुलाल दाम्पत्य सम्बन्धमा बाँधिएकी छिन् । उनका दर्जनौँ तिज गीत तथा लोकगीतहरू लोकप्रिय छन् ।

सुनिताले मुसिकोट घर भएका विद्यार्थी नेता राजेश केसीसँग शनिवार विवाह गरेकी हुन् । राजेश नेपाल विद्यार्थी संघका नेता हुन् । यसअघि गत बिहीबार उनीहरूले इन्गेजमेन्ट गरेका थिए ।

यी दुईले शनिवारको साइतमा मुलपानी स्थित नर्लिङ रिसोर्टमा विवाह गरे । विवाह समारोहमा नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रका कलाकारहरूको बाक्लो उपस्थिति थियो । राजेश र सुनिता केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की