Tuesday, March 2, 2021
Home बिचार रेमिट्यान्समा कोरोनाको असर

रेमिट्यान्समा कोरोनाको असर

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकले बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५६ अर्ब २८ करोड घाटामा गएको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति १७ अर्ब २९ करोड रुपैयाँ बचतमा थियो । यस अवधिमा प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत गरी राजस्व संकलन ५ खर्ब ९० अर्ब ७६ करोड प्राप्त भएको छ भने अघिल्लो वर्ष यस्तो रकम ६ खर्ब ०४ अर्ब ६० करोड प्राप्त भएको थियो ।

यससँगै रेमिटान्स आप्रवाहको तथ्यांकलाई हेर्दा चालू आवको साउनमा ७५ अर्ब ४० करोड रुपैयाँ आएकोमा भदौमा ७८ अर्ब ३३ करोड, असोजमा ७६ अर्ब १ करोड, कात्तिकमा ७४ अर्ब ७३ करोड, मंसिरमा ७२ अर्ब २ करोड, पुसमा ७० अर्ब २७ करोड, माघमा ६५ अर्ब ९५ करोड, फागुनमा ७९ अर्ब २१ करोड र चैत महिनामा ३४ अर्ब ४८ करोड रुपैयाँ गरी कुल रेमिट्यान्स रकम ६ खर्ब २६ अर्ब ९० करोड नेपाल भित्रिएको केन्द्रीय बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति’ नामक प्रतिवेदनले देखाएको छ । साउनदेखि फागुनसम्मको ८ महिनाको रेमिटयान्सलाई औसतमा हेर्दा प्रतिमहिना ७४ अर्ब ५ करोड हुन आउँछ । यसले चैतमा प्राप्त भएको रेमिट्यान्स ५३.४३ प्रतिशत घटेको देखिन्छ । फागुन महिनाको तुलनमा चैतमा प्राप्त भएको रेमिट्यान्सको अनुपातलाई हेर्दा ५६.४७ प्रतिशत कम हो । समग्रमा भन्नुपर्दा कोरोना भाइरस (कोभिड–१९)को महामारीकै कारण चैत महिनामा नेपाल भित्रिने रेमिट्यान्स रकममा ठूलो गिरावट आएको तथ्यांकले देखाएको छ ।

कोरोना भाइरसको महामारीकै कारण चैत महिना मात्र नेपाल भित्रिने रेमिट्यान्समा ठूलो गिरावट आएको छ

नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स आउने देश हो । कतारपछि छिमेकी मुलुक भारत पनि रोमिटयान्स आउने देशको रूपमा रहेको नेपालको विप्रेषण आप्रवाह स्थितिसम्बन्धी प्रतिवेदनमा उल्लेख छ । विप्रेषण प्राप्त हुने अन्य मुलुकहरूमा संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरिया रहेका छन् । त्यस्ता मुलुकहरूको वित्तीय अवस्था संकटतर्फ लम्किरहेका कारण ठूलो संख्यामा रोजगारी कटौती भएको छ । सोही कारण विश्व बैंकले कोरोना भाइरसका कारण चालू आवमा नेपालको विप्रेषण आप्रवाह १४ प्रतिशतले घट्ने प्रक्षेपण गरे पनि योभन्दा धेरै नै बढी हुने अवस्था देखिएको छ ।

खासगरी नेपालमा शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पुँजी निर्माणमा विप्रेषण आप्रवाहको भूमिका महत्वपूर्ण रहँदै आएको थियो । तर, कोरोना संक्रमणले चैतमा ५० प्रतिशतले घटेको रेमिट्यान्स वैशाखमा करिबकरिब शून्यजस्तै हुने अवस्था देखाएको छ । विगतदेखि नै विप्रेषण आयमा नेपाली अर्थतन्त्र नाजुक किसिमले आश्रित हुँदै आएको थियो । यस्तो अवस्थामा कोरोना संक्रमणले श्रम गन्तव्य देशहरूमा बढेको बेरोजगारीले विदेशमा कार्यरत श्रम रोजगार जनसंख्या नेपाल फर्किने स्थिति आउने निश्चित प्रायः देखिएको छ । त्यसबाट सिर्जना हुने संकटको अनुमान गर्न सक्ने अवस्था छैन ।

विश्वका शक्तिशाली र सम्पन्न मुलुकहरूमा कामको अभाव हुन थालेको छ । सर्वशक्ति सम्पन्न मुलुक अमेरीकामा बेरोजगारी दर अत्यन्त वृद्धि भएको छ । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’का गभर्नर जेरोम पावेलले मध्य मार्चयता ३ करोड ६० लाखभन्दा धेरै अमेरिकीले बेरोजगारी भत्ताका लागि आवेदन दिएको बताएका छन् । दक्षिण कोरियामा हालसम्म बेरोजगार संख्या २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० यताकै उच्च हो । कोरोना भाइरस महामारीका कारण व्यापार व्यवसायमा परेको नकारात्मक मन्दी, आन्तरिक तथा बाह्य निर्यातमा उच्च गिरावट आएसँगै यो संख्या बढेको हो । विशेषतः सेवा क्षेत्र, उत्पादनमूलक क्षेत्र, होटल तथा पर्यटकीय क्षेत्रमा रोजगारी गुमाउनेको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ । यसरी बेरोजगारी दर बढेपछि रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीमाथि पनि ठूलो प्रभाव देखिन थालेको छ । भारतमा पनि कोरोना संक्रमणसँगै बेरोजगारी २४ प्रतिशतले बढेको भारतीय अर्थवयवस्था निगरानी केन्द्र (सीएमआईई)ले बताएको छ । यसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव नेपाली कामदारमाथि परेको प्रस्टै देखिएको छ ।

नेपालमा निजी क्षेत्रमा काम गर्ने २० लाख कर्मचारी रहेको अनुमान गरिएको छ । साना तथा मझौला उद्योगमा मात्रै १९ लाख व्यक्ति आबद्ध रहेकोमा ९५ प्रतिशत उद्योगका आय घटेको छ । जसबाट ६० प्रतिशतले रोजगारी गुमाइसकेका छन् । यो भनेको करिब ११ लाख व्यक्तिले रोजगारी गुमाएको देखिन्छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये करिब १० लाख स्वदेश फर्कन सक्ने तथ्यांक गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सार्वजनिक गरिसकेको छ । कोरोनाकै कारण खाडीका पाँच मुुलुक बहराइन, यूएई, साउदी अरेबिया, कतार, ओमान एवं मलेसियासमेतको गरी ४ लाखभन्दा बढी नेपाली कामदार तत्काल स्वदेश फर्कने अवस्थामा छन् ।

तर, भर्खरै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सार्वजनिक गरेको ‘कोभिड–१९ संकट र समाधान’ नामक प्रतिवेदनमा कामको खोजीमा गएका नेपालीमध्ये यूएईमा ३० प्रतिशत, कतारमा २० प्रतिशत, साउदी अरबमा २० प्रतिशत, मलेसियामा ३० प्रतिशत, कुवेतमा १५ प्रतिशतको रोजगारी गुम्ने सम्भावना देखाएको छ । सो प्रतिवेदनले साउदी अरब, यूएई, कतार, ओमान, कुवेत, बहराइन तथा मलेसियालगायतका प्रमुख श्रम गन्तव्य मुलुकमा ठूलो संख्यामा नेपाली बेरोजगार हुने ठहर गरेको छ । विश्वका १८० भन्दा बढी मुलुकमा नेपाली कार्यरत छन् । संघको अनुसार यूएईमा ४ लाख, कतारमा ४ लाख २५ हजार, साउदी अरबमा ३ लाख ८० हजार, कुवेतमा ८० हजार, बहराइनमा ३५ हजार एवं मलेसियामा ५ लाख श्रमशक्ति कार्यरत छन् । त्यस्ता मुलुकमा कार्यरत श्रमशक्तिमध्ये ९० प्रतिशत जनशक्ति अदक्ष कामदारका रूपमा कार्यरत छन् । ती सबै कामदारलाई त्यहाँको सरकारले फिर्ता पठाउन सक्ने सम्भावनालाई ध्यानमा राखी त्यसको विकल्पमा राज्य पक्ष लाग्नुपर्ने देखिएको छ ।

मुलुकको विदेशी मुद्रा आर्जन गर्ने अन्य स्रोत बलियो नभएको र अन्य स्रोतमध्ये पनि पर्यटन र निकासी व्यापार धराशायी भएको अहिलेको अवस्थामा न्यून लागतमा बढी विदेशी मुद्रा आर्जन गर्ने वैदेशिक रोजगारी र रेमिट्यान्सको क्षेत्रमा आएको निराशाजनक अवस्थाले देशमा आर्थिक संकट देखिन थालेको छ । विगत १५÷२० वर्ष अघिसम्म नेपाल कृषिजन्य, साना तथा घरेलु उद्योगमा आत्मनिर्भरता रहेकोमा अहिले आएर त्यो सबै उपलब्धि शून्य दिशातर्फ झरिरहेको छ । देशलाई चाहिने जति खाद्यान्न उत्पादन भइरहेको छैन । सीमित उत्पादनमा पनि निम्नस्तरको प्रविधि, सेवा तथा न्यून लगानीका कारण उच्च लागतको उत्पादनले गर्दा कृषिजन्य वस्तुको मूल्य वृद्धि हुँदा त्यसको चेपेटामा कृषकलाई जीवनयापनमा नै समस्या हुने गरेको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोनाकै कारण बाह्य श्रम बजारमा रहेका १० लाख, नेपालमा रोजगारी गुमाएका ११ लाख र हरेक वर्ष श्रम बजारमा थपिने ५ लाख गरी २६ लाख श्रमशक्ति बेरोजगार हुन सक्ने कहाली लाग्दो अवस्था हामीमाझ रहेको छ । कोभिड–१९ को महामारीलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले योभन्दा अघि नै दोस्रो विश्वयुद्धपछिको सबैभन्दा दर्दनाक मानवीय विपत्ति भनी उल्लेख गरिसकेको छ । कोरोना महामारीको अन्त्यको अनुमान विश्वमै गर्न नसकिरहेको अवस्थामा हामीकहाँ पनि कहिलेसम्म यस्को संक्रमण रहन्छ भन्ने अवस्था छैन । त्यसैले, कोरोना संकटकै बीच सरकारले देशमा देखिएको कहाली लाग्दो अवस्थाको निराकरणको उपाय खोजी जीवन जिउने वातारण तयार गर्नुपर्ने खाँचो देखिएको छ ।

(Visited 93 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

समाजसेवी पशुपति गुरुङद्वारा विद्यालयलाई ५ लाख सहयोग

काठमाडौं । समाजसेवी एवम् साहित्यकार संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको विद्यालयलाई ५ लाख सहयोग गरेकी छिन् । आफ्ना हजुरवुवा लक्ष्मण...

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको...

अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् । ‘यदी तपाईंमा अलिकति पनि लाज...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले...

ट्रेन्डिङ

रोशी गाउँपालिका साक्षर घोषणा

काभ्रे । जिल्ला काभ्रेको रोशी गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । रोशी गाउँपालिकामा रहेका १२ वटै वडामा १५...

अब भौतिक उपस्थितिमा पढाइ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ...

सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

राजविराज । कोरोना संक्रमणबाट सप्तरीको तीन जनाको लगातार मृत्यु भएपछि जिल्लामा अझै त्रास थपिएको छ । पछिल्लो पटक शनिबार बिहान राजविराज ७ निवासी ६२...

९० प्रतिशत विद्यालयको पुर्ननिर्माण बाँकी, एक वर्षमा सम्पन्न हुने

काभ्रेपलाञ्चोक । भूकम्प गएको ५ वर्ष पुग्नै लाग्यो । भूकम्पले जिल्लाका थुप्रै शैक्षिक संस्थाहरुलाई क्षति गराएको थियो । भूकम्पले क्षति गराएका केही...

दोलखामा कोरोना नियन्त्रणमा सवा ४ करोड खर्च

दोलखा । कोरोना भाईरस (कोभिड–१९) महामारी सतर्कता र रोकथामका लागि दोलखाका ९ ओटा स्थानीय तहहरुले सवा ४ करोड खर्च गरेका छन् । ४ महिनाको अवधिमा...

शासकीय संरचना र कुहिरोको काग

विश्वकै पुराना राज्यमध्ये एक हो नेपाल । हजारौं वर्षको आफ्नै मौलिक इतिहास बोकेको यो देश साढे २ सय वर्ष पहिले नै विश्वको सुदृढ आधुनिक...

निजामती विधेयकको माखेसांलो

एउटा भनाइ छ, राजनीति गर्ने व्यक्ति चलाख हुन्छ तर त्योभन्दा ज्यादा चलाख सरकारी नोकरी गर्ने व्यक्ति हुन्छ । राजनीतिक नेतृत्वले कर्मचारीसँग जबरजस्ती गर्न सक्ला...

न्यायाधीशमा कोरोना देखिदाँ बामदेवको मुद्दा सुनुवाइ अन्यौलमा

काठमाडौं । सर्वोच्च अदालतका एक न्यायाधीश र कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमणकै कारण बामदेव गौतमको राष्ट्रिय सभा मनोनयन विरुद्ध परेको मुद्दाको सुनुवाइ प्रभावित बनेको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

नेपाली काँग्रेस पदाधिकारीहरुको बैठक आज बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे...

कमेडी च्याम्पियन–२ का लागि २४ प्रतियोगी चयन

काठमाडौं । पहिलो कमेडी च्याम्पियन सफल भएपछि सोही समूहले अब कमेडी च्याम्पिएन सिजन–२ दर्शकमाझ ल्याउने भएको हो । बुधबार काठमाडौंमा एक समारोहबीच आयोजक पक्षले...

अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् । ‘यदी तपाईंमा अलिकति पनि लाज...

प्रशासन, राज्यसत्ता र राजनीति

राज्य प्रशासनमा हुने सामान्य राजनीतिक प्रभावलाई स्वाभाविक मानिन्छ । तर, प्रशासनलाई सत्ता शक्तिकै खेलौना बनाउने प्रवृत्ति भने कसैका लागि पनि मान्य हुँदैन । राज्य...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)