Tuesday, July 14, 2020
Home बिचार सुनको कचौरामा भिक्षा

सुनको कचौरामा भिक्षा

गौरवशाली इतिहास र समृद्धशाली संस्कृति बोकेको हाम्रो देश नेपाल गरिबी, अभाव र पछौटेपनबाट माथि उठ्न सकेको छैन । इतिहासमा स्वतन्त्र अस्तित्व भएको सार्वभौमसत्ता सम्पन्न देशले अहिलेसम्म आर्थिक अभावमा गुज्रनुपरेको छ । विभिन्न कालखण्डमा यो देशलाई सिंगापुरजस्तै विकसित बनाउने राजनीतिक नेताहरू धेरै आए । जनताको अधिकारको नाममा राजनीति गर्ने दलहरू पनि धेरै देखिए । जनतालाई विकास र अधिकारका पुलिन्दा पढाएर सत्तामा पुग्नेहरू अदूरदर्शी, भिजनलेस, अधिकारको नाममा कार चढ्ने र कर्तव्य भुल्नेहरू नै देखिए । फलतः देश परनिर्भर बन्दै गयो । देशका समस्या समाधान हुन सकेनन् ।

नेपाल प्रकृतिको खानी हो । हिमाल, पहाड, तराई, ताल, तलैया, झर्ना, सगरमाथालगायतका विश्वलाई आकर्षण गर्न सक्ने प्राकृतिक सुन्दरताले भरिपूर्ण छ यो देश । धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलले भरिपूर्ण छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी यहीँ छ । सीता, भृकुटीजस्ता वीरंगनाको ख्याति यही छ । तथापि, उल्लिखित विषयवस्तुको स्तुति गाउने र गौरवको अनुभूति गर्नेबाहेक यी क्षेत्रलाई विश्वसामु चिनाएर विदेशी पर्यटक ल्याउने कुनै पनि दूरदर्शी गुरुयोजना बन्न सकेन । राज्यले पर्यटन स्थलको विशिष्टीकरण गरी पर्यटक गन्तव्य स्थल टुंगो लगाउन सकेन । आजको विज्ञान र प्रविधिको युगमा पनि विज्ञापनको आन्तरिक र बाह्य पर्यटक बढाउन श्रव्य, दृश्य सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न सकेन । दूरदर्शी नेतृत्वको अभावमा डलर कमाउन सकिने सुनको टुक्राजस्तो देशका नागरिक विदेशीको मुख ताक्ने अवस्थामा रहनुपरेको छ ।

एकै ठाउँमा बसेर हिमाल, पहाड र तराईको सौन्दर्यपान गर्न सकिने यति सुन्दर देश सम्भवतः विश्वमा नै पाइँदैन । हिमालैहिमाल भनेर चिनिने हाम्रो देशमा विश्वका १० वटा अग्ला हिमालमध्ये आडवटा यहीँ छन् । अदम्य साहसी पर्यटन होस् वा सोम्य मनोरञ्जनात्मक होस् यो मुलुक विश्वका मानिसका लागि गन्तव्य स्थान हो । जैविक विविधता, दुर्लभ झाडी, चराचुरुंगी, वन्यजन्तु, गुफा, ताल, तलैया, चियाबगानलगायत वन्यजन्तु निकुञ्जहरू के छैन यहाँ ? जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भनेझैं विकासको वैज्ञानिक मार्गचित्र भएको नेतृत्व नहुनाले उल्लिखित प्राकृतिक स्रोतहरूको उपयोग हुन सकेन । सम्पन्नताको सम्भावनामा बसेर विदेशीसँग पैसा माग्ने राज्य र रोजगार माग्ने नागरिक भएको मुलुक कसरी विकास हुन सक्ला ? माल पाएर पनि चाल नपाउनु भनेको यही होइन र ?

यथेष्ट स्रोतसाधन भएको देशमा बसेर धनी राष्ट्रसँग ऋण एवं सहयोग मागिरहनु सुनको कचौरामा भिख मागेसरह भएको छ

नेपालमा विकासको लागि प्रशस्त सम्भावना छन् । जैविक विविधताका आधारमा हिमाल, पहाड र तराईमा आधुनिक कृषि प्रणाली लागू गरी ठाउँअनुसारको खेती उब्जनी गर्न सके यो मुलुकले आर्थिक फड्को मार्न समय नै लाग्दैन । अहिलेको अवस्थामा देशलाई आर्थिक विकासमा अगाडि बढाउन देशको भूबनोटअनुसार खाद्यान्न, फलपूmल, जडीबुटी, पशुपालन क्षेत्रको विकास हो । कृषि प्रणालीका सबै खाले सम्भावनाको अनुसन्धान गरी कृषि विज्ञको ज्ञान र सीपलाई आधुनिक एवं निर्यातमुखी उत्पादनमा लगाउनुपर्ने हुन्छ । कृषिलाई उत्पादनशील बनाउनका लागि उन्नत बीउ, कीटनाशक औषधि, सिँचाइको प्रबन्ध, जैविक प्रांगारिक एवं रासायनिक मल, कृषि उपकरण, कृषि प्राविधिक, कृषि र उद्योगको सम्बन्धजस्ता विषयको उचित व्यवस्थापन आवश्यक हुन्छ ।

देशमा भएको प्राकृतिक स्रोत र साधनको अनुसन्धान, अन्वेषण, पहिचान, उत्खनन एवं उपयोग गर्ने माध्यम शिक्षा हो । शिक्षाले व्यक्तिलाई कुनै पनि कामगर्नका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्दछ । समाजका हरेक पेसा र व्यवसायसँग जोडिने सक्षम जनशक्ति उत्पादन गर्दछ । देशमा हजारौंको संख्यामा विद्यलय र दर्जनांैको संख्यामा विश्वविद्यालय छन् । राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी पनि गरेको छ । तर, यी शिक्षालय बेरोजगार जनशक्ति उत्पादन गर्ने बौद्धिक कारखानाका रूपमा सञ्चालित छन् । शिक्षित युवा आपूmले देशका विश्वविद्यालयमा अध्ययन गरेका प्रमाणपत्र घरमा थन्क्याएर अन्तर्राष्ट्रिय बजारमा काम गर्न जान बाध्य भएका छन् ।

यो मुलुकको भूगर्वमा सुन, चाँदी, हीरा, मोती, कोइला, पेट्रोलियम पदार्थलगायतका खानी र सम्पदा प्रशस्त छन् । तर, देशमा भएको प्राकृतिक स्रोतसाधनको पहिचान, उत्खनन, प्रयोग र व्यावसायीकरण गर्न सक्ने दक्ष जनशक्तिको अभाव छ । जलस्रोतमा विश्वको दोस्रो धनी भएर पनि खानेपानीको अभाव, सिँचाइको असुविधा, ऊर्जा उत्पादनलगायतका पानीबाट लिन सकिने सुविधाहरूबाट वञ्चित हुनुपरेको अवस्था छ । राज्यले शिक्षालाई वैज्ञानिक, अनुसन्धानमूलक एवं व्यावहारिक बनाउन सकेको छैन । देशमा दक्ष जनशक्ति उत्पादन गरी भएको स्रोतसाधनको अधिकतम प्रयोग गरेर आन्तरिक आयआर्जनका दायरा बढाउनुपर्नेमा दाता राष्ट्रसँग सहयोग मागेर देश धनी बनाउने रणनीतिमा लागेको देखिन्छ । यथेष्ट स्रोतसाधन भएको देशमा बसेर धनी राष्ट्रसँग ऋण एवं सहयोग मागिरहनु सुनको कचौरामा भिख मागेसरह भएको छ ।

प्रधानमन्त्री आधुनिक कृषि योजनामा अर्बाैं रुपैयाँ विनियोजन गरेर बाँड्ने काम भएको छ । यो रकमले ७५३ वटा स्थानीय तहका किसानलाई आधुनिक कृषि उत्पादनअन्तर्गत कृषि शिक्षाका तालिम सञ्चालन गरी आर्थिक सहयोगको आशा काशी जान कुतिको बाटो हिँडेपछि कसरी गन्तव्यमा पुग्न सकिन्छ र ? यस्तै भएको छ, देशको विकासको मोडेल । मुलुकलाई आयआर्जनमा आत्मनिर्भर बनाउनका लागि स्थानीय युवालाई गाउँगाउँमा कृषि शिक्षामा तालिम दिनुपर्दछ । हरेक स्थानीय तहमा त्यहाँको हावा, पानी र माटोअनुसारको आधुनिक तरिकाले कृषि, पशुपालन, मत्स्यपालन, मौरीपालन, रेसम खेती, फलफूल खेती, तरकारी खेती, पुष्प खेती, अदुवा, अम्रिसो, अलैंचीलगायतको उत्पादन गर्न सकिन्छ । यसैगरी, कृषि उत्पादनमा आधारित साना तथा मझौला उद्योग स्थापना गर्न सकिन्छ । तर, राज्यको ध्यान यो क्षेत्रमा गएको छैन ।

अहिलेसम्म राजनीतिक सिद्धान्त र दर्शनका मालिक भन्न रुचाउने राजनीतिक दलले विकासको मार्गचित्र राजनीतिक परिवर्तनलाई ठाने । सिंहदरबार, संसद्भवन वा बालुवाटारबाट विकासका जतिसुकै ठूला कुरा गरे तापनि आमनागरिकले देख्ने र महसुस गर्न सक्ने विकास हुन सकेन । विगत तीन दशकमा राजनीतिका विभिन्न दर्शन र सिद्धान्त उपयोग गरिए । पुँजीवाद, समाजवाद, माक्र्सवाद र जनवाद अनेक वादको वकालत गरियो । देशलाई संघीयतामा लगियो । यस्तो गरिब मुलुकमा राज्यको संरचनाको व्यवस्थापन गर्न ठूलो धनराशि खर्च गर्नुपर्ने प्रणाली अवलम्बन गरियो । परन्तु, देशलाई कसरी समृद्ध बनाउने भन्नेमा बहस हुन सकेन । देशका अर्थविद्, विकासवादी एवं जानकारसँग अन्तक्र्रिया गरी हरेक स्थानीय तहमा रहेको प्राकृतिक स्रोतसाधनको उपयोग गरी आर्थिक उपार्जन गर्ने विधिमा राज्य किन जाँदैन ?

हाम्रो देशमा हरेक वर्ष जेठ १५ मा आउने अनुमानित बजेटको आकार विदेशी ऋण, अनुदान एवं सहयोगमा आधारित हुन्छ । यस वर्षको बजेटको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ । परम्परावादी नै भएको अर्थविद्को भनाइ छ । हालका वर्षमा देशको आर्थिक स्रोतमा विप्रेषणले ठूलो टेवा पु¥याइरहेको छ । यो आर्थिक टेको पनि दीर्घकालीन हुन सक्दैन । यस्तो आर्थिक संरचना भएको हाम्रो जस्तो देशमा आत्मनिर्भर हुन सक्ने आर्थिक नीति एवं कार्ययोजनाको आवश्यकता छ । परनिर्भरतामा आधारित बजेटमा पनि विकास खर्चभन्दा सार्वजनिक खर्च धेरै छ । एकातिर विकासमा विनियोजन भएको बजेट पनि खर्च हुन सक्दैन भने अर्कोतिर त्यही विकास बजेटमा पनि भ्रष्टाचार, कमिसन एवं भागबन्डा हुने गर्दछ । यसरी हेर्दा भ्यागुतो जति उफ्रिए पनि काल्नामुनि भनेझैं जति विकासका कुरा गरे पनि देशको आयस्रोत र विकासको अवस्था दयनीय छ ।

अहिले हरेक नेपालीको टाउकोमा विदेशी ऋणको भार छ । हरेक वर्ष बन्ने बजेट विनियोजनमा विदेशी ऋण र सहयोगलाई स्रोत बनाउने प्रचलनको अन्त्य कहिले हुने ? विप्रेषणले देशको खर्च धानेको छ । हरेक वर्ष व्यापार घाटा बढ्दै गइरहेको छ । वैदेशिक ऋण र विप्रेषणमा आधारित अर्थशास्त्रको आधार जग नभएको घरजस्तै हो । टिकाउ हुन सक्दैन । त्यसैले, अब नेपालको झन्डा, वीरता, इतिहास, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक स्रोतसाधनको बखान गर्नुभन्दा यिनीहरूको उपयोग गरी आर्थिक विकास गर्न राज्यले विलम्ब गर्नुहुँदैन ।

नेपालको गरिबीको चक्रलाई फाल्नका लागि गाउँको गुणात्मक विकास आवश्यक ठानिन्छ । यसो गर्दा ग्रामीण विद्युतीकरण, सिँचाइको व्यवस्था, उत्पादनको न्यायोचित मूल्य, बजार व्यवस्थापन, बिमालगायतका सुविधा आवश्यक हुन्छ । गाउँको आर्थिक समृद्धिका लागि सरकारले काठमाडौंबाट कृषिको विकासका कुरा गर्दा हरेक क्षेत्रका प्राविधिक, विज्ञ एवं विशेषज्ञको व्यावसायिक ज्ञान र सीपलाई हस्तान्तरण गर्ने प्रक्रिया र पद्धति मिलाओस् । उत्पादनशील आर्थिक विकासमा जोड देओस् । देशलाई आत्मनिर्भर बनाउने कार्य गरोस् ।

(Visited 75 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

पानीको मुल सोहोर्न गएकालाई पहिरोले पु-यो, एकको मृत्यु, ४ बेपत्ता

स्याङ्जा । स्याङ्जामा बिहान ८ देखि ९ बजेभित्र पहिरो जादा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । सोही पहिरोमा...

नारायणगढ–मुग्लिन सडक थप धसियो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा...

हाम्रा पाखोमा घाँस काट्ता लय गुन्जन्छ : प्रधानमन्त्री ओली

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७...

थप १४४ जनामा कोरोना संक्रमण पुष्टि, १७०५ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

भर्खरै

पानीको मुल सोहोर्न गएकालाई पहिरोले पु-यो, एकको मृत्यु, ४ बेपत्ता

स्याङ्जा । स्याङ्जामा बिहान ८ देखि ९ बजेभित्र पहिरो जादा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । सोही पहिरोमा...

पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत...

आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ

काठमाडौं । आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)...

बराबरीले म्यान्चेस्टर युनाइटेडको अवसर गुम्यो

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडलाई साउथह्याम्प्टनले २–२ गोलको बराबरीमा रोकेको छ । गएराति ओल्ड ट्याफोर्डमा भएको खेल बराबरीमा रोकिएपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको...

धेरै पढिएका

पानीको मुल सोहोर्न गएकालाई पहिरोले पु-यो, एकको मृत्यु, ४ बेपत्ता

स्याङ्जा । स्याङ्जामा बिहान ८ देखि ९ बजेभित्र पहिरो जादा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । सोही पहिरोमा...

पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत...

आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ

काठमाडौं । आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)...

बराबरीले म्यान्चेस्टर युनाइटेडको अवसर गुम्यो

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडलाई साउथह्याम्प्टनले २–२ गोलको बराबरीमा रोकेको छ । गएराति ओल्ड ट्याफोर्डमा भएको खेल बराबरीमा रोकिएपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको...

ई-पेपर

(Visited 42 times, 1 visits today)