तीन क्लबले सोलिडारिटी कप खेल्ने

म्युनिख । जर्मन क्लब बायर्न म्युनिखले कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरूको सहयोगार्थ अर्काे वर्ष ‘युरोपियन सोलिडारिटी कप – फुटबल फर हिरोज’ कप आयोजना गर्ने घोषणा गरेको छ । सोलिडारिटी कपमा बायर्नसँगै स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब इन्टर मिलान सामेल हुनेछन् ।

तीन भेन्युमा हुने सोलिडारिटी कपबाट संकलित रकम स्पेन र इटालीको अस्पताललाई प्रदान गरिनेछ । स्पेन र इटाली युरोपमा कोरोनाबाट धेरै प्रभावित हुने राष्ट्र हो । क्लबले घातक रोगविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका चिकित्सकहरूलाई सहयोग गर्न आर्थिक संकलन गर्न खोजिरहेका छन् । कोरोनाका कारण स्पेनमा २७ हजार बढी तथा इटालीमा ३२ हजार बढीको ज्यान गएको छ । यी दुई देशको तुलनामा जर्मनीका कमको ज्यान गएको छ ।
सोलिडारिटी कप २०२१ मा हुने भनिए पनि यसको मिति तोकिएको छैन । तीनै क्लबले यसका लागि स्वीकृति दिएपछि अब उचित मितिका लागि आयोजकले तयारी गरिरहेको छ ।

प्रतियोगिता सबै तीन सहरमा आयोजना हुनेछन् । प्रतियोगिताबाट उठेको रकम स्पेन र इटालीमा स्वास्थ्य सामग्री खरिदका लागि प्रयोग हुनेछ । प्रतियोगिताको मड्रिड र इन्टरको खेल बर्नाबाउमा, इन्टर र बायर्नको खेल सानसिरोमा तथा बायर्न र म्याड्रिडको खेल एलयान्ज एरिनामा हुनेछ । बायर्नका सीईओ कार्ल हेन्ज रुम्मेनिगेले स्पेन र इटालीमा कोरोनाका कारण धेरै क्षति भएको र दुवै देशसँगको विशेष सम्बन्धका कारण क्लबले सहयोग पु¥याउन यो योजना अघि सारिएको बताएका छन् । ‘कोरोना महामारीले युरोपमा ठूलो चोट पु-याएको छ ।

हामीले च्याम्पियन्स लिगका खेलमार्फत धेरै क्लबसँग राम्रो सम्बन्ध बनायौं । उनीहरूमध्ये केही क्लबसँग हाम्रो विशेष सम्वन्ध रह्यो,’ सीईओ रुम्मेनिगले भने, ‘जब बायर्नमा रियल म्याड्रिडले हामीविरुद्ध खेल्दछ । हामी उक्त खेल अवलोकनका लागि हजारौं नर्स र चिकित्सकलाई आमन्त्रण गर्नेछौं । उनीहरूको समाजका लागि उल्लेखनीय कार्य गरिरहेका छन् । हामी यसलाई ध्यानमा राख्न चाहन्छौं र भन्छौं । ‘फुटबल फर हिरोज’ ।’ हामी तीन क्लब (बायर्न, रियल र इन्टर मिलान) यही खेलमार्फत हाम्रा नायकहरूको कदर, आदर र धन्यवाद देखाउने चाहेको सीईओ रुम्मेनिगेले थपे ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा ३ लाख ६० हजार बढी मतदाता