ओडोइ रिहालगत्तै प्रशिक्षणमा

लन्डन । इंग्लिस क्लब चेल्सीका युवा स्टार विंगर कलुम हड्सन ओडोइ धरौतीमा रिहा भएलगत्तै क्लबसँगको प्रशिक्षणमा जोडिएका छन् । १९ वर्षीय इंग्लिस स्टार ओडोइ लकडाउनको नियम तोड्दै बाहिर निस्किएको र सोही समयमा एक महिला मोडललाई बलात्कार गरेको आरोपमा आइतबार बिहान पक्राउ परेका थिए ।

कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएपछि उनलाई क्लबले प्रशिक्षणमा सामेल गरेको हो । चेल्सीले क्लबको हेडक्वार्टर कोभाममा प्रशिक्षण गरिरहेको छ । उनलाई क्लबका प्रशिक्षक फ्रान्क लाम्पार्डले टिमसँगै अभ्यास गर्नका लागि ग्रिन लाइटको सिग्नल दिएपछि उनी प्रशिक्षणमा देखिएका हुन् । आइतबारको घटनाको विषयमा ओडोइ र क्लबले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

चेल्सी मेडिकल स्टाफले सरकारको नियममा कोरोना परीक्षण गरिएको र कोरोना नेगेटिभ आएपछि उनले टिमसँगै प्रशिक्षणमा सामेल हुन पर्याप्त आधार रहेको बताएका छन् । प्रिमियर लिगले खेलाडीहरूलाई सानो समूहमा अभ्यास गर्ने अनुमति प्रदान गरेको छ । सोहीअनुसार खेलाडीले पहिलो चरणको अभ्यासमा सहभागी हुने मौका पाएका छन् । र, विभिन्न क्लबले परीक्षण सकेर खेलाडीलाई अभ्यासमा सहभागी गराएका छन् । ओडोइले समूहमा एनगोलो कोन्टे, क्रिस्टियन पुलिसिक, कार्ट जुमा र किपा एरिजबलागासँग अभ्यास गरेको तस्बिर देख्न सकिन्छ । ओडोइले गत मार्चमा चेल्सीसँग थप पाँच वर्षको सम्झौता नवीकरण गरेका थिए । ओडोइलाई गत मार्चमै कोरोना संक्रमण देखिएको थियो ।

लिभरपुलको प्रशिक्षण सुरु
इंग्लिस क्लब लिभरपुलले बुधबारबाट टिमको प्रशिक्षण सुचारु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि लिभरपुलले झन्डै दुई महिनापछि प्रशिक्षण सुरु गरेको हो । लिभरपुलले मिलउड ट्रेनिङ सेन्टरमा प्रशिक्षण थालेको हो । प्रिमियर लिगले मंगलबारबाट क्लबलाई सानो समूह बनाएर प्रशिक्षणका लागि अनुमति दिएको थियो । प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ । यस सिजन लिभरपुल उपाधिनजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले अघि रहेको छ ।

६ खेलाडीमा कोरोना संक्रमण
इंग्लिस प्रिमियर लिग खेल्ने ६ खेलाडीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । प्रिमियर लिगले प्रशिक्षणमा फर्कनुअघि गरिएको पहिलो चरणको परीक्षणमा तीन क्लबका ६ जनाको कोरोना पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको छ । प्रिमियर लिगले क्लबको प्रशिक्षण सुचारु गर्नुअघि आइतबार र सोमबार खेलाडीसहित अन्य कर्मचारी गरी कुल ७ सय ४८ जनाको परीक्षण गरेको थियो । कोरोना पोजेटिभ देखिएका खेलाडीहरू सेल्फ आइसोलेसनमा बस्नेछन् । उनीहरूको नामसमेत सार्वजनिक गरिएको छैन ।

प्रिमियर लिगले मंगलबारबाट क्लबलाई प्रशिक्षणको अनुमति दिएको छ । कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित छ । प्रिमियर लिगमध्ये जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । प्रिमियर लिगमा यो सिजन ९२ खेल खेल्न बाँकी छ । लिभरपुल ३० वर्षपछि प्रिमियर लिग उपाधिनजिक रहेको छ । लिभरपुल उपाधि जित्नका लागि मात्रै दुई जितको खाँचो छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले अघि रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कुपन्डोलको बीच सडकमा कसरी भयो यो दुर्घटना

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राष्ट्रिय खेलाडी सुशील कापाल काट्दै रंगशाला निर्माण