दुर्घटनामा एक जनाको ज्यान गयो

उदयपुर । सिद्धिचरण लोकमार्ग सडक खण्डको उदयपुरको कटारी नगरपालिका– १४ पाखिमारे त्रिचालिस किन्दु भिरबाट बोलेरो खस्दा एक जनाको ज्यान गएको छ । ना–१–ज ५८१२ नम्बरको टाटा सुमो गाडी दुर्घटना हुँदा ललितपुर महालक्ष्मी नगरपालिका–९ लिबुका ३४ वर्षिय दिपेन्द्र के.सी.रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए । चार दिन अघि मध्यराती दुर्घटना भएको बोलेरो र लास आज मंगलवार बिहान फेला पारेका हुन ।

टाटा सुमो गाडी चलाई काठमाडौंबाट उदयपुरको ताप्ली गाउँपालिका– ५ रुपाटार आउँदै गरेका उनको दुर्घटनामा परेको हो । काठमाडौंदेखि उदयपुर आउदै गरेका दिपेन्द्र केसी चार दिनपछि आफू सवार गाडी सहित मृत फेला परेका छन् । उनी तीन दिन अघि मंसिर १३ गते शनिबार काठमाडौंबाट उदयपुरको रुपाटाँर जाने भन्दै टाटा सुमो गाडी आफैले चलाएर आएका थिए ।

स्थानीयका अनुसार खोजतलासपछि उदयपुरको घुर्मी नजिकै पाखेमारा भन्ने ठाउँमा सडकदेखि करिब १ किलोमिटर तल गाडी दुर्घटना भएको अवस्थामा केसी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । गाडीमा एक्लै रहेका उनी मानव बस्तीबाट टाढा रहेको जंगल बीच मध्यरात करिब १२ बजेतिर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

टाटा सुमो गाडी चालक केसी उनी सम्पर्क बिहीन भएको दिन राती ८ः५८ बजे बिपी लोकमार्ग अन्तर्गत खुर्कोट प्रहरी चेकपोस्टमा गाडी सहित इन्ट्री भएका बताइएको छ । लगतै राती १०ः५५ बजे उनले अन्तिम पटक परिवारलाई सम्पर्क गरी आफू उदयपुरको घुर्मी पुग्न करिब ७ किलोमिटर मात्र बाँकी रहेको जानकारी दिएका थिए । त्यसपछि गाडी सहित बेपत्ता भएका दिपेन्द्रको मोवाईल रिङ बजे पनि रिसिभ हुन छोडेपछि शंका लागेर परिवारले प्रहरीको सहयोगमा खोजी कार्य तीब्र बनाएको थियो । मोवाईल लोकेशन ट्रेस गर्दा लोकेशन घुर्मी नजिकै लगभग १०० मिटर वरिपरि देखिएपछि सोही क्षेत्र तिर आफन्त, स्थानीय र प्रहरीले खोजतलास बढाएसँगै दुर्घटनाग्रस्त गाडी र लाश पत्ता लागेको हो ।

सडकबाट बोलेरो १ किलोमिटर तल भिरमा छेदविछेद अवस्थामा रहेकोले घटनाबाट भएको अन्य क्षतिको विवरण ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षकको कमाण्डमा गएका टोलीले थप अनुसन्धान र खोज तथा उद्धार गरि राखेको जनाएका छन । मृतकका लासलाई कानुनी प्रक्रिया पुरा गरि पोष्टमार्डमका लागि प्रादेशिक अस्पताल कटारी उदयपुरमा ल्याई राखिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

जनभावना अनुसार काम गर्न प्रदेश सरकार दृढः मुख्यमन्त्री कार्की