Thursday, June 4, 2020
Home भर्खरै कस्तो बन्दैछ जनता समाजवादी पार्टीको संरचना

कस्तो बन्दैछ जनता समाजवादी पार्टीको संरचना

नेता व्यवस्थापनमा द्वन्द्व

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा)को एकीकरणपछि बनेको जनता समाजवादी पार्टी (जसपा)को अहिलेसम्म व्यवस्थापन हुनसकेको छैन । पार्टी एकीकरणको घोषणा भएको एक महिना हुन लाग्दा पनि प्रकृया अगाडि बढाइएको छैन । जसपा नेताहरुका अनुसार बैशाख ३० गतेदेखि दुबै पार्टीको एउटा बैठक हुन सकेको छैन । एकातिर बैठक हुनसकेको छैन भने अर्कोतर्फ पार्टीभित्र विवादका स्वरहरु उठ्न थालिएको छ ।

समाजवादी पार्टी फुटको संघारमा रहेको बेला आश्चर्यजनक ढंगले वैशाख १० गतेको मध्यराति समाजवादी र राजपाबीच एकीकरण भएको थियो । समानताका आधारमा पार्टी एक गर्ने सैद्धान्तिक सहमति भएको थियो । एकीकरण पश्चात् बनेको जनता समाजवादीले दलीय मान्यता नपाउँदै नेता व्यवस्थापनमा द्वन्द्व बढेको छ ।

समाजवादीका नेताहरूले तेस्रो मर्यादामा उपेन्द्रलाई राख्नुपर्ने माग राखेका छन्

समाजवादीका अध्यक्ष उपेन्द्र यादवले बैशाख ३० गतेको बैठकमै आफूले केन्द्रीय कार्यसमिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी तीनवटैको नेतृत्व नछाड्ने बताएपछि विवाद बढेको वताइएको छ । यादवलाई केन्द्रीय कार्यसमिति र राजनीतिक समितिको अध्यक्ष दिन तयार रहे पनि पदाधिकारीको नेतृत्व गर्ने केन्द्रीय कार्यकारिणी समिति आफ्नो पार्टीले पाउनुपर्ने अडानमा राजपाका नेताहरु रहेका छन ।

उपेन्द्र यादव कमजोर भएको बेला मात्रै एकीकरणको पक्षमा रहने गरेकोले एकीकरण टिकाउ नहुने राजपाका केही नेताहरुले नाम नछाप्ने सर्तमा बताएका छन ।

शीर्ष नेताको व्यवस्थापन चुनौतिपूर्ण
जनता समाजवादी पार्टीमा शीर्ष नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । नेताहरूको मर्यादाक्रम निर्धारण मुख्य चुनौतीका रूपमा रहेकोपनि विशलेषकहरू बताएका छन् । दुवै पार्टीको एकीकरण भएको थियो । एकीकरणकै बेला पहिलोमा महन्थ ठाकुर र दोस्रोमा बाबुराम भट्टराईलाई राख्ने सहमति भएको छ । त्यसबाहेक अरू विषयमा पछि छलफल गर्ने समझदारी बनेको नेताहरूले बताएका छन् । तेस्रो, चौथो, पाँचो मर्यादा क्रममा कसलाई राख्ने भन्ने विषयलाई लिएर समझदारी भएको छैन ।

तत्कालीन राजपाका अध्यक्षमण्डलका राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, महेन्द्रराय यादव, शरतसिंह भण्डारी तथा तत्कालीन समाजवादी पार्टीका उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठको मर्यादाक्रम निर्धारणमा समस्या देखिएको छ । पार्टी एकीकरण प्रक्रियाका सबै घटनामा तत्कालीन राजपाका २ अध्यक्ष अनिल झा र राजकिशोर यादव सहभागी छैनन् । समाजवादी पार्टी तर्फबाट परिषद्का अध्यक्ष भट्टराई, केन्द्रीय कार्यकरिणी समितिका अध्यक्ष यादव, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मुख्य नेतृत्व तहमा छन ।

सबैलाई नेतृत्व तहको भूमिकामा राख्ने सम्भव नहुने सो पार्टीका एक नेता बताउँछन । उनका अनुसार दुई पक्षबाट ४–४ नेतालाई केन्द्रीय तहको भूमिकामा ल्याउन सकिन्छ तर राजपा अध्यक्षमण्डलका ६ जना नेतालाई केन्द्रीय भूमिकामा ल्याउने गरी संगठनको मोडल तयार पार्नुपर्ने अडानमा राजपा रहेको छ । पार्टीभित्र छुट्टै असन्तुष्ट समूह बन्न नदिन पनि ६ जना नेताकै व्यवस्थापनको मुद्दा राजपाले उठाउँदै आएको छ । समाजवादी दुवै पक्षबाट ४–४ नेता केन्द्रीय तहमा रहने गरी समायोजनको मोडल अघि सार्नुपर्ने पक्षमा छ । दुवै पक्षका मुख्य नेताहरूको अधिकार र भूमिका बाँडफाँटको विषयले अर्को विवाद खडा गरेको छ ।

समाजवादीका नेताहरूले तेस्रो मर्यादामा उपेन्द्रलाई राख्नुपर्ने माग राखेका छन् । तेस्रोमा उपेन्द्रलाई राखे चौथोमा राजेन्द्र महतोलाई राख्नुपर्ने महतोनिकटका नेताहरूको भनाइ छ । यसपछि अशोक राई, महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, शरतसिंह भण्डारी मध्ये कसलाई अगाडि राख्ने भन्नेबारेमा पहिलो दिनकै बैठकमा सामान्य छलफल भए पनि टुंगो लागेन ।

तत्कालीन राजपाका अरू ५ जना अध्यक्ष तथा तत्कालीन समाजवादी पार्टीका उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठको मर्यादाक्रम निर्धारणमा पनि समस्या देखिएको छ ।

दुवै पार्टीका नेताले बराबरीको सिद्धान्तका आधारमा एकीकरण भएको दाबी गरेका छन् । बराबरी सिद्धान्तकै आधारमा केन्द्रदेखि गाउँसम्म संगठनात्मक संचरना तयार हुने सो पार्टीका प्रभावशाली नेता राजीव झाले वताए । यस्तो भएमा राजपामा ६ अध्यक्ष छन, समाजवादी पार्टीबाट पनि ६ अध्यक्ष ल्याउँदा १२ सदस्यीय अध्यक्षमण्डल बनाउनुपर्छ । अध्यक्षमण्डलमा कति सदस्य राख्ने वा अध्यक्ष मण्डल बनाउनेरनबनाउने भन्ने विषयमा छलफल नै नभएको नेताहरूले बताए ।

समाजवादी सरकारबाट बाहिरिनुअघि २ पार्टीबीच भएको छलफलमा नेतृत्वको विषयमा ३ वटा मोडेलमा कुराकानी भएको थियो । अध्यक्षमण्डल संरचनामा जाँदा मर्यादाक्रममा उपेन्द्रअगाडि राईलाई राख्न त्यतिखेर राजेन्द्र महतोले प्रस्ताव गरेका थिए यो प्रस्ताब गर्नुको पछाडि पहाडका जनजातिलाई पनि राख्नु रहेको महतोले एकीकरण अघि शिलापत्रसँग कुराकानीको क्रममा बताएका थिए । तर, यसमा उपेन्द्रले असहमति जनाएका थिए ।

केही नेताले ठाकुर र भट्टराईलाई अध्यक्षमण्डलमा राख्ने, उपेन्द्र, महतो, भण्डारी, महेन्द्र र राईको हकमा माथिल्लो तहको एउटा कुनै निकाय सिर्जना गरी उनीहरूलाई त्यहाँ राख्न एक जना वरिष्ठ नेताले सुझाव दिएका छन । अर्का नेताले ५१ सदस्यीय कार्यकारणी, १०१ सदस्यीय राजनीतिक समिति र ४०० को हाराहारीमा केन्द्रिय समिति राख्न सुझाब दिएका छन ।

राजपाका केन्द्रीय कमिटीमा ७ सय ९४ जना छन । महासचिव मात्रै ३१ जना छन् । समाजवादी पार्टीमा ४ सय ३१ जना केन्द्रीय कमिटी र १ हजार को संख्यामा संघीय परिषद रहेको छ । राजपा र समाजवादी पार्टीका हालका पदाधिकारीको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को समस्या छ । राजपा र समाजवादीका केन्द्रीय सदस्यलाई नवगठित पार्टीको केन्द्रीय समितिमा राख्दा केन्द्रीय सदस्यको संख्या धेरै हुन्छ ।

यति ठूलो संख्यामा केन्द्रीय सदस्य बनाउन उपयुक्त नहुने विज्ञहरूको सुझाब रहेको छ । राजपाका एक पदाधिकारी भन्छन् एकीकरणका राति जसरी भए पनि २ पार्टीबीच एकीकरण प्रक्रिया टुंगोमा पुर्याउनैपर्ने बाध्यता थियो । नेता व्यवस्थापनको विषयमा कुराकानी भएको भए त्यो दिन वार्ता टुंगिने थिएन । त्यसैले यस विषयमा पछि छलफल गर्नेगरी एकीकरण प्रक्रिया टुंग्याएका थियौँ।

प्रतिनिधिसभा चुनावलगत्तै राजपा र समाजवादीबीच एकीकरणका लागि पटकपटक वार्ता भएको थियो । तर, नेतृत्वका विषयमा कुरा नमिल्दा निष्कर्ष निस्कन सकेको थिएन । खासगरी मर्यादाक्रममा पहिलो स्थानमा कसलाई राख्ने भन्ने विषयमै कुरा मिल्दैनथ्यो । ‘यसपटक भने ठाकुरलाई पहिलो स्थानमा राख्न उपेन्द्र तयार भए । त्यसकारण एकीकरण प्रक्रिया सहजै टुंगोमा पुग्यो’, स्रोतले भन्यो।

एकीकरण प्रक्रिया टुंगिएको भोलिपल्ट एकीकृत पार्टीका नेताहरू निर्वाचन आयोग र संसद् सचिवालयमा सँगै गएका थिए । पार्टीलाई वैकल्पिक शक्ति मात्रै होइन मूल शक्ति बढाउने लक्ष्यका साथ बढेकाले कुनै समस्या नरहने राजपाका महासचिव झाले बताए । योग्यता र क्षमताको आधारमा पार्टी एकीकरण गरिने उनको कथन छ ।

(Visited 470 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत...

भर्खरै

कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

काठमाडौं । कोभिड १९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकले १२...

भारतमा एकैदिन ९ हजार भन्दा बढी संक्रमित, मृतकको संख्या ६ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको...

सिन्धुलीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना, अस्पतालका सबै सेवा सुचारु

सिन्धुली । सिन्धुलीका कोरोना संक्रमितलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा बुधबार एकजनामा कोरोना संक्रमण भेटिएपछि उनलाई विहिबार विहान आइसोलेसनमा भर्ना गरी उपचार...

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

धेरै पढिएका

कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

काठमाडौं । कोभिड १९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकले १२...

भारतमा एकैदिन ९ हजार भन्दा बढी संक्रमित, मृतकको संख्या ६ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको...

सिन्धुलीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना, अस्पतालका सबै सेवा सुचारु

सिन्धुली । सिन्धुलीका कोरोना संक्रमितलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा बुधबार एकजनामा कोरोना संक्रमण भेटिएपछि उनलाई विहिबार विहान आइसोलेसनमा भर्ना गरी उपचार...

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

ई-पेपर

(Visited 35 times, 1 visits today)