तेहरान । कुनै पनि देशका चलचित्रकर्मीको चलचित्रले पुरस्कार जित्यो भने त्यसलाई राज्यले बधाई तथा शुभकामना दिन्छ । तर यस पटक विश्वविख्यात ‘कान्स फिल्म फेस्टिभल’मा ‘पाम डि ओर’ जस्तो लोकप्रिय अवार्ड जितेका इरानका चलचित्र निर्माता निर्देशक जाफर पनाहीलाई इरान सरकारले जेल सजायको निर्णय गरेको छ । पनाहीलाई इरानमा एक वर्षको जेल सजाय र विदेश यात्रा प्रतिबन्ध सुनाइएको छ । सो ’bout उनका वकिलले बुधबार जानकारी गराएका छन् ।
उनले निर्माण गरेको चलचित्र ‘इट वाज जस्ट एन एक्सिडेन्ट’को कारण इरान सरकारले निर्देशक पनाहीलाई जेल सजाय तोकेको हो । यस अघि पनि चलचित्र निर्माण गरेकै कारण दुई पटक जेल सजाय भोगिसकेका पनाहीलाई यस पटक फेरी तेस्रो पटक जेल सजाय तोकिएको हो ।
पनाहीले चलचित्र ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ गोप्य रूपमा इरानमा छायांकन गरेका थिए । जसमा पाँच जना साधारण इरानीहरूको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा उनीहरूले जेलमा मानव अधिकारको ख्यालै नगरी प्रहरीबाट यातना भोगेको प्रसंगलाई एक पात्रको स्मरणको रूपमा प्रस्तुत गरिएको छ । जब यो चलचित्रले गत मे महिनामा फ्रान्समा ‘कान्स फिल्म फेस्टिभल’मा शीर्ष पुरस्कार जित्यो । त्यसपछि उनीमाथि इरान सरकारको ध्यान प¥यो । उनले इरानको शासकले गरेको प्रतिबन्ध विरुद्ध बोल्न चलचित्रको भाषा प्रयोग गरेका छन् ।
अधिकारीहरूको आलोचना गर्ने दुई सहकर्मी चलचित्र निर्माताहरूलाई हिरासतको राखेको विरोध बृत्तचित्र बनाउँदा पनाहीलाई २०२२ मा जेल हालिएको थियो । छ वर्षको सजाय तोके पनि सात महिना पछि उनी रिहा भएका थिए । सो ’bout उनले भने, ‘म जेल बस्दा कैदीहरूले राज्यबाट आफूमाथि भएको दमनको कथा सुनाएका थिए । इरानी सरकारको हिंसा र क्रूरताको ’bout उनीहरुले मलाई भनेका कथाबाट यो चलचित्र बन्यो ।’
उनलाई यसअघि २०१० मा पनि सरकार विरोधी विरोध प्रदर्शनलाई समर्थन गर्दै राज्य प्रणाली विरुद्ध चलचित्रमार्फत प्रचार गरेको आरोपमा जेल चलान गरिएको थियो । त्यति बेला दुई महिना पछि उनी सशर्त जमानतमा रिहा भएका थिए ।
यसरी चलचित्र निर्माता निर्देशकलाई राज्यले चलचित्र निर्माणकै कारण पटक पटक जेल सजाय तोकेपछि यति बेला हलिउडदेखि विश्वभरका चलचित्रकर्मीहरूले इरान सरकारको सो निर्णयको विरोध गरेका छन् । राज्यको कमजोरीलाई चलचित्रमा उतार्दा सर्जकलाई जेल सजाय नै तोक्नु हदैसम्मको क्रुरता हो भन्दै अहिले संसार भरबाट विरोध भएको छ ।
आफ्नो चलचित्रमा राजनीतिक प्रणाली विरुद्ध प्रचार गरेको आरोपमा पनाहीलाई जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । तेहरानमा पनाही विरुद्ध यस्तो सजाय सुनाउँदा उनी आफ्नो सो चलचित्रको गोथम चलचित्र महोत्सव अमेरिकामा अन्तर्राष्ट्रिय अवार्ड थाप्दै थिए ।
इरानमा अवैध रूपमा छायांकन गरिएको भनिएको आफ्नो पछिल्लो चलचित्र ‘इट वाज जस्ट एन एक्सिडेन्ट’मा इरानको वास्तविकता उतारिएको यी निर्देशकले अमेरिकाको चलचित्र महोत्सवमा बताए । गोथम चलचित्र महोत्सव न्युयोर्कमा उनले आफ्नो चलचित्रबाट उत्कृष्ट निर्देशक सहित तीन विधामा अवार्ड ग्रहण गरेका थिए । समारोहमा यो चलचित्रले उत्कृष्ट पटकथा र उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड पनि जित्यो । यति बेला ओस्कारको लागि अघिल्लो चरणमा प्रवेश गरेको यो चलचित्र आगामी हिउँदमा हुने ओस्करमा दाबेदार मानिएको छ ।
६५ वर्षीय पनाहीले आफ्नो गृह देशमा दुई पटक जेल सजाय भोगिसकेको न्युयोर्कको सो समारोहमा बताए । एक अन्तर्वार्तामा उनले आफू इरान फर्कने योजनामा भएको पनि बताएका छन् । उनी पछिल्लो समय इरान भन्दा बढी निर्वासमा हुने गरेका छन् ।
पनाही इरानका प्रमुख निर्देशकहरू मध्ये एक हुन्, तर आफ्नै देशमा उनले चलचित्र बनाउन प्रतिबन्धका साथै जेल सजाय र यात्रा प्रतिबन्धहरू सहित अधिकारीहरूबाट अवरोधहरूको सामना गर्नु परेको छ । उनले आफ्नो गोथम चलचित्र महोत्सवमा भाषणमा नयाँ वाक्यको उल्लेख गरेनन् । तर पनि उनले भने, ‘क्यामेरालाई मौन रूपमा घुमाइराख्ने, समर्थन बिना र कहिलेकाहीँ, सत्य र मानवतामा आफ्नो विश्वासको साथ आफूसँग भएको सबै कुरा जोखिममा पारेर काम गर्दै आएको छु,’
कार्यक्रममा उनले थपे, ‘मलाई आशा छ, म विरुद्धको यो निर्णयले सबै चलचित्र निर्माताहरूलाई दुःखी तुल्याएको छ । जहाँ राज्यको दमन’bout चलचित्र हेर्ने देखि निर्माण गर्ने समेत अधिकारबाट वञ्चित गरिएको छ, तर सिर्जना गर्न र अस्तित्वमा रहन मैले चलचित्र निर्माण कार्य जारी राखेको छु ।’






