बजेट अभावमा ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन’ निर्माण अधुरो

भोजपुर । भोजपुरमा शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले निर्माण थालिएको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक’ भवन निर्माणको काम अधुरो बनेको छ । प्रदेश सरकारको बजेटमा निर्माण थालिएको भवनको बजेट अभावमा काम अधुरो बनेको हो ।

कोशी प्रदेश सरकारबाट विनियोजित २५ लाख लागतमा २०८१ मङ्सिर महिनामा भवन निर्माण थालिएको थियो । निर्माणको क्रममा बजेट नपुगेपछि भवन निर्माणको काम अधुरो बनेको नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरका अध्यक्ष विष्णुकुमार राईले जानकारी दिए । माग गरिएको भएपनि प्रदेश सरकारले यो वर्ष बजेट विनियोजन नगरेकाले भवन निर्माण अधुरो बनेको उनको भनाइ छ ।

‘बजेट अभावमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन निर्माणको काम अधुरो बनेको छ’अध्यक्ष राईले भने,‘भवनको पूर्णताको लागि ५० लाख बजेट माग गरेका थियौँ । त्यो बजेट प्रदेश सरकारबाट बिनियोजन नहुँदा काम अधुरो बनेको छ । यो कामलाई पूर्णता दिनको लागि प्रदेश सरकारलाई अनुरोध गरिरहेका छौँ ।’

स्थानीय पालिकामा बजेट माग गरेर १४ लाख ५० हजार बजेटमा दुई सय जना अट्न सक्ने सभाहल निर्माण भईरहेको उनले जानकारी दिए । भवन निर्माणको लागि मात्र प्रदेशबाट बजेट प्राप्त भएकाले स्थानीय तहहरुसँग बजेट माग गरेर सभाहल निर्माण भईरहेको उनले बताए ।

हाल भवनमा तला मात्र थपिएकाले अन्य सम्पूर्ण काम बाँकी रहेको यसोधरा माध्यमिक विद्यालय टक्सारका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताए । निर्माण थालिएको भवनको पूर्णताको लागि प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको थप विकासको लागि शिक्षकहरुबाट पनि शैच्छिक रुपमा सहयोग संकलन भइरहेको उनले जानकारी दिए ।

भोजपुर नगरपालिका ७ मा तीन रोपनी, एक आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भइरहेको छ । यहाँ शहरी विकास तथा भवन कार्यालय धनकुटा मातहात भवन निर्माण थालिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

इलामका दुई क्षेत्र २७ उम्मेद्वार