सुन्दरहरैंचामा खुल्यो टुरीजम होटल एण्ड हसिना खाजा घर

सुन्दरहरैंचा(मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका – ५ स्थित पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले महत्त्वपूर्ण क्षेत्र हसिना सिमसारको हसिनापार्क टुरीजम होटल एण्ड हसिना खाजा घर संचालनमा आएको छ।

अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको टुरीजम होटल एण्ड हसिना खाजा घर स्वेदेशी तथा विदेशी खानाका पारखी पाहुनाहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको होटलका संचालक ज्ञान बहादुर बिष्टले जानकारी दिए ।

बिशेष गरी हसिना सिमसार घुम्न तथा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढीरहेको र यस ठाउँमा सुविधा सम्पन्न होटल नभएकाले घुम्न आउनेहरुलाई खाना तथा खाजाको समस्य नहोस् भनेर होटल संचालनमा ल्याईएको हो।

संचालन बिष्टका अनुसार टुरीजम होटल एण्ड हसिना खाजा घरमा नास्ता म:म: चाउमिन, थुप्पा चना चिउरा, पकौडा, रोष्ट, माछा, भुटन. मटन, अण्डा फ्राई,बोकाको सेकुवा, पक्क, सुकुटी भुजा, लोकल कुखुराको मासु परेवाको मासु, हाँसको मासु, बट्टाई, आदि पाउनुका साथै चिसो पेय पदार्थ पनि रहेको बताए। आगामी दिनमा टाढाबाट हसिना सिमसार घुम्न आउनेहरुलाई होटलमा बस्नेको पनि व्यवस्था गरिने उनले बताए।

सिमसार क्षेत्रमा सुविधा सम्पन्न होटल नहुँदा पर्यटकहरुलाई खाजा खान समेत समस्या भएको थियो भने अब नयाँ होटल संचालन भएसँगै त्यो समस्य हटेको छ। हसिना सिमसार क्षेत्रको पछिल्लो समय विकासले गति लिएको छ भने सिमसार क्षेत्रलाई कोशी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको सिमसार संरक्षण समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

स्वतन्त्रसहित उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता