जनार्दनलाई गृहजिल्लामा कालो झण्डा, सम्पत्ति मिलेर प्रयोग गर्ने लिखित सहमति

काठमाडौँ । जनार्दन शर्मा प्रभाकरलाई गृहजिल्लामा कालो झण्डा देखाइएको छ । आज बिहान शर्मालाई रुकुम पश्चिममा कालोझण्डा देखाइएको हो ।

उनी आज बिहानै काठमाडौँबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर रुकुम सदरमुकाम खलंगा पुगेका थिए । त्यस क्रममा रुकमका कार्यकर्ताहरूले कालोझण्डा देखाएपछि स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथ बढाइएको थियो। नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि उनी पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका थिए ।

सम्पत्ति मिलेर प्रयोग गर्ने लिखित सहमति
तत्कालीन माओवादीको बलियो आधार क्षेत्र भएको कर्णालीको रुकुम पश्चिममा पार्टी विभाजनपछि नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी बने पनि जिल्लाका नेताकार्यकर्ताहरुले यहाँका भौतिक संरचनाहरु मिलेर प्रयोग गर्ने समझदारी गरेका छन् ।

पार्टी विभाजनपछि एक पार्टीले अर्को पार्टी र त्यसका नेताहरुविरुद्ध अनर्गल प्रचार गर्नुका साथै कार्यालयमा समेत छिर्न नदिएको अवस्थामा नेता जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा भने यस्तोखालको भद्र समझदारी लिखित रूपमै बाहिर आएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक गोविन्द रोका र प्रलोपाका संयोजक तथा आईएन फाउन्डेसनका प्रतिनिधि गोर्खबहादुर केसीले विगतमा एउटै पार्टीमा रहेको र भविष्यमा पनि सहकार्यको सम्भावनालाई मध्यनजर गरी भौतिक संरचना प्रयोगमा समझदारी गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

स्वतन्त्रसहित उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता