जमुनाह नाकाबाट ३ हजार नेपाली भित्रिए, त्यतिनै भारतीय बाहिरिए

नेपालगन्ज । भारतका विभिन्न प्रान्तबाट नेपाल आउनको लागि जमुनाह नाकामा आएका करिव ३ हजार नेपाली नागरिकलाई प्रवेश गराई उनीहरुलाई आ–आफ्नो जिल्ला पठाईएको छ । सोही संख्यामा रहेका भारतीय मजदुर नेपालबाट भारत फर्किएका छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी दिर्घराज उपाध्यायले जमुनाह नाकाबाट विभिन्न जिल्लाका २ हजार ९ सय १३ जना नेपाली प्रवेश गरेको र सोही नाका भएर ३ हजार १ सय ५८ जना भारतीय नागरिक भारततर्फ गएको जानकारी दिए ।

नेपाल प्रवेश गर्नेहरुमा सबै भन्दा बढी दैलेखका रहेका छन् । उनीहरु ८१९ जना रहेको २३ वटा गाडिमा राखेर गन्तब्यतर्फ पठाईएको छ । सुर्खेतका ४९७ जनालाई १२ वटा बसमा, सल्यानका ४६२ जनालाई ९ वटा बसमा पठाईको छ । त्यस्तै अछामका ८४ जनालाई २ वटा बसमा, जाजरकोटका ८१ लाई २ वटा बस, दाङ्गका ५५ जनालाई ३ वटा, बर्दिया २३ जना १ वटा, प्युठान ११ जना १ वटा, जुम्ला ११ जना १ र अन्य जिल्लाका ३०७ जनालाई ८ वटा गाडिमा राखेर गन्तब्य तर्फ पठाईएको छ ।

बाँकेका ५१० जनालाई आ–आफ्नो पालिकामा निर्माण गरिएको क्वारेन्टाईनमा पठाईएको छ । उनीहरु सबैलाई ५६ वटा गाडीमा राखेर संबन्धित जिल्ला र स्थानीयतहको क्वारेन्टाईनमा बस्नेगरी पठाईएको छ । भने ६० जना विभिन्न जिल्लाको रहेको कारण साधनको खाजीगरी पठाउने तयारी रहेको जनाईएको छ ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

अन्तर्राष्ट्रिय सगरमाथा संवादको तयारी पूरा
बिहेको प्रलोभन देखाई बलात्कार
पुजारी मारिएको ठाउँमा मन्दिर शिलान्यास
पेन्सनमै सकियो आठ महिनामा झन्डै साढे ३६ अर्ब
कोरोना कोषमा राष्ट्रपतिदेखि सर्वसाधारणको सहयोग
प्रचण्ड र नेपाल नसम्हालिए ओलीले कार्वाही गर्ने

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी