प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको छ: महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दाबी गरेका छन् । बस्नेतले आफ्नो फेसबुक स्टाटसमा षड्यन्त्रको नयाँ खेल भन्दै यस्तो दाबी गरेका हुन् ।

उनले लेखेका छन्, ‘दुई दिनअघि मात्र प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भएको भनिएको वार्तामा ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ ।’ उनले यो घटनालाई हिजो मात्र जेन जेड समूहको नाममा गरिएको नाटकीय वार्ता र सम्झौता, हिमेश पन्तलगायतका सेलिब्रिटीहरूले फैलाएको भ्रम र केपी ओली गिरफ्तार भन्ने मिडिया ट्रायलसँग जोडेर हेरेका छन् ।

‘यी सबै कुरा एउटै दिशातिर संकेत गर्छन्, ‘एमालेको आसन्न महाधिवेशन भाँड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्ततः अध्यक्ष ओलीको लोकप्रियता कमजोर पार्ने, ‘बस्नेतले लेखेका छन् । बस्नेतले एमाले यो सबै षड्यन्त्रको सामना गर्न पूर्णरूपमा सक्षम रहेको चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

स्वतन्त्रसहित उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता