Thursday, June 4, 2020
Home Breaking News अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु, २ भुटानी शरणार्थीको पनि ज्यान गयो

अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु, २ भुटानी शरणार्थीको पनि ज्यान गयो

क्यालिफोर्निया । कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा थप एक जना नेपालीको ज्यान गएको छ । अमेरिकाको कनेक्टिकट राज्यमा
बस्दै आएका राजसेन ठकुरीको कोरोना भाइरसको सक्रमणका कारण मृत्यु भएको हो ।

स्थायी घर तनहुँ भएका ठकुरीको बुधवार सॉझ मृत्यु भएको मेरिल्याण्ड राज्यका राज्यसभा सदस्य ह्यारी भण्डारीले जानकारी दिएका छन् । प्राप्त जानकारी अनुसार ठकुरी नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत भएको बताइएको छ ।

योसँगै कोरोना भाइरसको सक्रमणबाट अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । प्रवासमा रहेका नेपालीहरू मध्ये संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । यहॉ संक्रमित नेपालीहरूको संख्या २ हजारको हाराहारीमा रहेको बताइएको छ ।

यसैबीच लामो समय झापास्थित भुटानी शरणार्थी शिविर बेलडॉगीमा बसेर अमेरिका आएकी भुटानी महिला विष्णुमाया सुब्बाको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । केन्टकी राज्यको लुइभेलमा बल्दै आएकी करीव ६० वर्षिया सुब्बाको स्थानीय एक अस्पतालमा उपचारकोक्रममा बिहिवार निधन भएको हो । यसअघि सोही ठॉउमा बस्दै आएका एक भुटानी शरणार्थी युवाको समेत कोरोना संक्रमणबाट ज्यान गएको थियो । उता अमेरिकी राज्य मेरिल्याण्डमा बाग्लुंगका २५ वर्षिय आशिष के.सीको तलाउमा डुबेर आइतवार ज्यान गएको छ ।

कोरोना भाइरसको संकेरमणबाट हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ९५ हजार नाघेको छ भने संक्रमित संख्या समेत बढेर १६ लाख माथि पुगिसकेको छ । अफिसियल तथ्यांक अपडेट गर्दैआइरहेको न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण हिजो १६ सय मानिसको ज्यान गएको अमेरिकामा स्थानीय समय अनुसार आज बिहिवार साँझसम्ममा १ हजार २ सय बढको मृत्यु भएको छ ।

यता कोभिड-१९ को महामारीबाट प्रभावितलाई सरकारले वितरण गरिरहेको १२ सय डलरको राहत रकम अब प्राप्त गर्न बॉकी करीव ४० लाख अमेरिकाबासीलाई डेविट कार्ड मार्फत वितरण गरिने सम्बन्धित सरकारी अधिकारीहरू उल्लेख गरेका छन् । यसैबीच कोरोना महामारीका कारण रोकिएको डिभी लोटरीको नतिजा जुन ६ मा सार्वजनिक हुनेभएको छ । हाल केही इमिग्रेसन सम्बन्धीका कामकारवाहीहरू भने केही समयका लागि अस्थायी रूपमा सरकारले स्थगित गरेको छ । कोभिड-१९ संगको आन्तरिक लडाइमा कडा संघर्षरत अमेरिकामा भाइरस नियन्त्रणका लागि लामो समय लाग्नसक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउदै आएका छन् ।

(अमेरिकामा रहेका थापा पूर्व सशस्त्र प्रहरी नायव निरीक्षक हुन् ।)

(Visited 123 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एसइई परीक्षाबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय...

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

भर्खरै

तस्करलाई सघाएको आरोपमा ४ जना प्रहरी निलम्बन

जनकपुरधाम । प्रहरीको मिलोमतोमा जनकपुरधाम क्षेत्रका तस्करी भइरहेको आरोप लागि रहेको बेला प्रदेश २ का चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । लकडाउनको समयमा...

एसइई परीक्षाबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय...

कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

काठमाडौं । कोभिड १९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकले १२...

भारतमा एकैदिन ९ हजार भन्दा बढी संक्रमित, मृतकको संख्या ६ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)