काठमाडौं । नेपाल-युएस अल्मुनाइ नेटवर्कद्वारा उद्यमीशील मेला सफलतापूर्वक हालै आयोजना गर्यो। मेलामा ३० भन्दा बढी व्यवसाय एकै ठाउँमा देखिएका थिए भने नवप्रवर्तन, सहकार्य र अल्मुनाइ नेटवर्कका पूर्वविद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो ।
मेलाले विभिन्न अमेरिकी आदानप्रदान कार्यक्रमहरूका २० भन्दा बढी नेपाल–अमेरिका अल्मुनाइका पूर्व विद्यार्थीले आफ्नो व्यवसाय प्रस्तुत गरेका थिए भने साथी उद्यमीहरूसँग सम्बन्ध निर्माण गर्न र नेपाली बजारमा नयाँ साझेदारी अवसरहरू अन्वेषण गर्न प्लेटफर्म प्रदान गरेको थियो ।
संयुक्त राज्य अमेरिका नेपाली र अमेरिकी कम्पनीहरू दुवैलाई फाइदा पुग्ने जीवन्त उद्यमशीलता इकोसिस्टमलाई सुदृढ पार्न प्रतिबद्ध गरिएकाे छ। यो प्रतिबद्धताले नेपालको द्रुत गतिमा बढ्दो व्यावसायिक परिदृश्यभित्र नयाँ साझेदारी, प्रविधि आदानप्रदान र बजार विस्तारका लागि अवसरहरू सिर्जना गर्न मद्दत पुग्ने बताइयाे
अमेरिकी दूतावासकी सांस्कृतिक तथा पब्लिक इन्गेजमेन्ट अफिसर एरिका अलेक्ज्याण्डरले मेलाबाट पूर्व विद्यार्थीले नयाँ व्यावसायिक अवसरहरू, रोजगारी सिर्जना र समुदाय-केन्द्रित नवप्रवर्तनमार्फत् आर्थिक वृद्धिलाई अगाडि बढाइरहेको बताइन् ।
डिजिटल रूपान्तरण, उदीयमान बजार प्रवृत्ति र नेपालको अनुकूल व्यावसायिक वातावरणमा उद्योग विज्ञहरू र सरकारी प्रतिनिधिहरूलगायत १५ सय भन्दा बढी सहभागी सामेल भए।
नबिल बैंक, एफ१सफ्ट, इन्टरनेशनल क्लब, किंग्स कलेज, यंग इनोभेसन, स्वोतिश्री गुरुकुल र स्टुडियो डेन्टेलले मेलालाई साथ दिएका थिए ।








