Friday, August 7, 2020
Home बिचार क्वारेन्टाइनमा सुधार गर

क्वारेन्टाइनमा सुधार गर

कोरोना संक्रमणको प्राथमिक रोकथामका लागि अपनाइएका सबै उपायलाई नाघेर संक्रमणको दर बढ्दै जान थालेपछि सबैलाई चिन्तित र भयभीत बनाएको छ । महामारी रोकथामको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, स्वयंसेवक, व्यवस्थापक, पत्रकार, सुरक्षाकर्मीका साथै जनसाधारणमा पनि संक्रमणको मात्रा सोचेभन्दा व्यापक बन्दै गएको छ । यति धेरै सतर्कताका अपनाइँदा पनि किन यसरी फैलियो ? यसबारे आ–आफ्ना अनुभूति, मत र अनुमानमा विविधता देखिए पनि प्रायः सबैको भनाइको साझा अनुमान भने अव्यवस्थित क्वारेन्टाइनतिर सोझिएको छ ।

नेपालको सन्दर्भमा यो महामारी इपिडेमिक वा स्थानीय संक्रमणका रूपमा देखिएको होइन । बरु प्यान्डेमिक वा महामारीकै रूपमा देखिएको हो र त्यो पनि आयातित रूपमा । यसको प्रारम्भिक अनुमान गरेर सरकार तथा संघसंस्थाका साथै राजनीतिक दलहरू र सर्वसाधारणले यो महामारी बाहिरबाट आयातित नहोस् भनेर सतर्कता अपनाएका पनि हुन् । तर, आजको संसार आफैंमा खुला, विश्वव्यापी र बेरोकटोक जनप्रवाह भइरहेको र कोरोना महामारीको प्रकृति पनि विश्वव्यापी भएकै कारण अपनाइएका सतर्कता र प्राथमिकताले सोचेजस्तो काम गर्न सकेन ।

अध्ययन तथा वैदेशिक रोजगारमा गएका नेपालीहरू देश भित्रन थाले । धार्मिक तथा केही सार्वजनिक कार्यक्रम पनि चलिरहे । लकडाउन र सीमा सिल गर्ने निर्णय पनि भए । तर, महामारीले विश्व ढाकिसकेको अवस्थामा बिदेसिएका नेपालीमा भावनात्मक सोच एकदमै प्रबल बन्न पुग्यो । उनीहरूले मरे पनि स्वदेशी माटोमै मर्ने भन्दै स्वदेश भित्रन नै बल गरे । रोजगारदाता कम्पनी तथा देशहरूले पनि सबै उद्योगधन्दा बन्द भइसकेपछि विदेशी श्रमिकलाई आ–आफ्ना देश फर्कन आह्वान गरे । यसले गर्दा सिंगो देश लकडाउन गरेर बन्द अवस्थामा राख्न असम्भव बन्दै गयो । भारतसँगको सीमा इलाकामा हजारौंको संख्यामा आएर स्वदेश फर्कन धर्ना दिने, अनुनय विनय गर्ने र नाराबाजीसम्म गरियो । कतिपय त मूलबाटो छलेर रातारात नेपाल भित्रिए । उनीहरूलाई रोक्न सकिएन । यसले एक त संवेदना पैदा ग¥यो, अर्कोतिर मानवअधिकारका कुराहरू पनि उठे । देशभित्र आउन के कारणले नपाउने भन्दै कि त राज्यले देश निकाला गरेको घोषणा गरोस् कि त आफ्नो घर जान नरोकोस् भन्ने आवाज प्रबल हुँदै गयो ।

एक मात्र विकल्प बाँकी रह्यो, क्वारेन्टाइन खडा गर्ने र स्वदेश भित्रिएकालाई सामाजिक दूरी कायम गरी अनुशासनपूर्वक व्यवस्थित रूपमा आइसोलेसनमा राख्ने र ¥यापिड टेस्टलाई अघि बढाएर संक्रमितको उपचार सुरु गर्ने । यसका लागि जतिसक्दो छिटो कदम चालिनुपर्ने थियो, त्यसमा केही ढिलाइ अवश्य हुन गयो । स्वदेश भित्रिनेको चाप बढ्दै गयो तर तदनुरूप निर्माण गरिनुपर्ने क्वारेन्टाइन, संक्रमणको परीक्षण तथा उपचारमा तदारुकता आउन सकेन । संघीय सरकारको सोच केन्द्रवादी रह्यो र यसले प्रदेश तथा स्थानीय सरकारलाई अधिकार तथा दायित्व सुम्पन निकै हिचकिचायो पनि । देशको राजनीतिक संरचना तथा बहन गरिनुपर्ने उत्तरदायित्व संघात्मक हुने तर संघीय सरकारको सोच एकात्मक र केन्द्रीकृतजस्तो रहँदा पनि उत्तरदायित्व बहनमा अन्तर्विरोध सिर्जना हुन गयो । यसले गर्दा न त स्थानीय तथा प्रादेशिक स्तरमा सुविधाजनक र गुणस्तरीय क्वारेन्टाइन निर्माण भए न त केन्द्रीयस्तरमा नै हुन सके । परिणामतः क्वारेन्टाइनमा राख्ने नाममा सामाजिक दूरी, मास्क तथा परीक्षणबिना नै एउटै कोठामा मानिस हुल्नु र थुन्नुपर्ने अवस्था सिर्जना हुन गयो । यसले स्वाभाविक रूपमा संक्रमितको संख्यामा वृद्धि भयो र संक्रमणलाई फैलाउन मद्दत पु¥यायो । जुन कारणले संक्रमण फैलन मद्दत ग¥यो, त्यसको जडबाट फैलँदो संक्रमण रोक्न आवश्यक कदम चालिनुपर्छ । क्वारेन्टाइमा व्यापक सुधार गरी गुणस्तरीयतामा ध्यान दिइयोस् ।

(Visited 48 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

विप्लवका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा

काभ्रेपलाञ्चोक । विप्लव समूहमा आबद्ध काभ्रे जिल्लाका कार्यरत दुई कार्यकतौलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रोशी गाँउपालिका वडा नं. ०५ को सिसाखानी छाप...

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

नुवाकोटमा शुक्रवारदेखि फेरी ‘लकडाउन’

नुवाकोट । नुवाकोटमा कोभिड–१९ कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्लालाई फेरी लकडाउन गरिएको छ । पछिल्लो समय ककनी र विदुरमा संक्रमित भेटिएपछि कन्ट्याक्ट टे«सिङको लागि...

धेरै पढिएका

ई-पेपर

(Visited 45 times, 1 visits today)