श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

संखुवासभा । संखुवासभाको मादी नगरपालिकामा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेमदोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।

गत ९ मंसिर राति करिब १०ः३० बजे ३७ वर्षीया श्रीमती मीना शेर्पाको हत्या गरी शव गाडेको घटनामा प्रेमलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । त्यस दिन मादी नगरपालिका–४ ओखरबोटे बजारबाट घर फर्कने क्रममा श्रीमतीबाटै बेपत्ता भएको भन्दै प्रेमले नै प्रहरीचौकी मादीमा उजुरी दिएका थिए । प्रहरीले श्रीमान् प्रेममाथि शंका गर्दै खोजतलास तथा सोधपुछ गर्ने क्रममा दोर्चीले हत्या स्वीकार गरेका थिए । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । शेर्पालाई पक्राउ गरेपछि उनकी श्रीमतीको हत्याको रहस्य खुलेको हो । उनलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार गत ९ मंसिरमा ओखरबोटे बजारबाट घर फर्कने क्रममा प्रेम र उनकी श्रीमती मीनाबीच सामान्य विषयमा विवाद भएको थियो । बाटोमै विवाद बढ्दैजाँदा कुटपिट गरी श्रीमतीको हत्या गरेको दोर्चीले स्वीकार गरेका छन् ।

उनले श्रीमतीको हत्यापश्चात् त्यसै रात मादी नगरपालिका–३ स्थित आफ्नै अलैंची बारीमा खाडल खनी त्रिपालमा बेरेर शव गाडेको बयान प्रहरीसमक्ष दिएका छन् । घटनाका ’boutमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

फिनल्यान्डका वैज्ञानिक तारविना हावामा बिजुली प्रवाह गर्न सफल