Thursday, June 4, 2020
Home बिचार कोरोना प्रभावित अर्थतन्त्र र विकास

कोरोना प्रभावित अर्थतन्त्र र विकास

कोरोना भाइरसले सम्पूर्ण विश्वमा एकै समय त्रासपूर्ण वातावरण सिर्जना गर्दा अतिविकसितदेखि कमजोर राष्ट्र सबै महामारीको चपेटामा परेका छन् । यी सबै देश कोरोना रोकथाममा लागिपरेका छन् । ३ महिनाको अवधिमा महामारीको न्यूनीकरण, रोकथाम तथा नियन्त्रण हुन सकिरहेको छैन । हालसम्म यसलाई न्यूनीकरण तथा नियन्त्रण गर्ने उपायका रूपमा सम्पूर्ण देश सामाजिक दूरी कायम गरी लकडाउन अवलम्बन गरिरहेका छन् ।

विश्वका सबैजसो देशको नियमित आर्थिक सामाजिक कार्य हुन नसकी अर्थतन्त्रले नकारात्मक गति लिने निश्चित भएको छ । कोरोनाको प्रभाव करिब ९० वर्ष अघि सन् १९३० को महामन्दीभन्दा कम नहुने सबैको आँकलन रहेको छ ।

कोरोनाको प्रभावलाई रोकेर आर्थिक क्रियाकलाप छिटोभन्दा छिटो पूर्ववत कायम गर्न सक्ने देशको अर्थतन्त्र तुलनात्मक रूपमा मजबुद हुने कुरामा दुईमत रहँदैन । विश्वका विकसित र शक्तिशाली देशका साथै साना देश पनि कोरोना नियन्त्रण गरी अर्थतन्त्रलाई मजबुद बनाउन विभिन्न मोडेलको तयारी गरिरहेका छन् । हाम्रो देश नेपालले पनि यही २०७६ चैत्र ११ गतेदेखि यस महामारीविरुद्ध रोकथाम संक्रमणमा कमी तथा नियन्त्रण गर्ने उपायस्वरूप लकडाउन लागू गरी क्रमिक रूपले ५ पटक पथ गरी ५४आंै दिन लकडाउन जारी गरिसकेको छ ।

स्थानीय वस्तु तथा सेवाको उपयोग तथा उपभोगमा प्राथमिकता दिँदै निर्यातमुखी व्यापारमा जोड दिनुपर्छ

यसकारण देशको आर्थिक क्रियाकलाप करिब ठप्प भई जटिताको सामना गरिरहेका छांै । देशका जनताले आआफ्नो दैनिकी गर्न नपाई कुन्ठित हुनुपरेका छ । यसबाट हामी सम्पूर्णले विभिन्न किसिमका संकुचन भोग्न बाध्य भएका छांै । हामी स्वतन्त्रताको अधिकार उपयोग गर्नबाट बन्चित, त्रसित वातावरणमा रहनुपर्ने बाध्यता, भयवित जीवनयापन गर्न बाध्य, आर्थिक क्रियाकलापमा सक्रिय नहुनु, रोजगारीको कमी, वैदेशिक रोजगारीमा गएका समेतको स्वदेश फिर्ता हुने निश्चित, दैनिक ज्याला मजदुरी गर्न नपाउने, सम्पूर्ण पर्यटन व्यवसायमा खडेरी, एकल एकांकी जीवनयापन र देशमा चलेको एक मात्र पुँजीबजारको कारोबरमा समेत सरिक हुनबाट बन्चित हुनु परेको अवस्था छ ।

यसबाट न्यूनतम प्रभावको वर्णन गरी नकारात्मक असरबाट माथि उठ्न देश तथा व्यक्तिगत रूपले आर्थिक तथा सामाजिक क्रियाकलापमा सरिक भई अर्थतन्त्र यथावत चलायमान गरी देशको तीव्र आर्थिक विकास गर्न आवश्यक पर्ने काम गर्न सकेमा अर्थतन्त्रमा पर्ने केही असर घटाउन सकिन्छ । जसअनुसार अर्थतन्त्रमा हुने नकारात्म प्रभाव कम गर्न सबै क्षेत्रका व्यक्तिको सहभागी गराई टास्क फोर्स बनाई आर्थिक तथा व्यावसायिक रणनीति तयार गरी लागू गर्ने, संक्रमणको सम्भावना रहेका क्षेत्रका व्यक्तिको व्यापक रूपले परीक्षण गरी आवश्यकताअनुसारको उपचार गर्दै जाने, स्वस्थ्यमा प्रतिकूल असर नपर्ने गरी प्राथमिकताअनुसार छिटोभन्दा छिटो आवतजावत गर्ने वातावरण बनाउने सकिन्छ । त्यस्तै खानपिन आहार व्यवहारमा आवश्यकताअनुसार परिर्वतन, उपभोग गरिने वस्तु तथा सेवा केही अवधिसम्म कम गर्ने, देशमा रहेका विभिन्न वनस्पति जडिबुटीका बारेका थप अनुशन्धान गरी उचित प्रयोगको लागि व्यापक कार्यकोे थालनी गर्ने, प्राकृतिक नियमको पालना गर्दै प्रकृतिक स्रोत सम्पदामा कम श्रमीकरण गरी सुव्यवस्थित ढंगले उपभोग गर्ने वातावरणको सिर्जना गर्न सकिन्छ ।

लकडाउनपछि विभिन्न आँकडाअनुसार करिब २६ लाखभन्दा बढी श्रमिक बेरोजगार हुने हँुदा कृषिमा आधारति रोजगारीको बृहत रूपले सिर्जना गर्नका लागि पूर्वाधारको व्यवस्था, हरेक क्षेत्रमा हुने क्रियाकलापको दैनिकी समयावधि बढाउने, उद्योग कलकारखानामा २–३ सिफ्टमा काम गर्ने, सबै क्षेत्रले आआफ्नो नाफाको मात्रा (स्पिड) मा काम गर्ने, डिजिटल बेस, अनलाइन कार्यमा जोड दिन सक्यो भने अर्थतन्त्र धराशयी हुनबाट जोगाउन सकिन्छ । अर्कोतर्फ स्थानीय वस्तु तथा सेवाको उपयोग तथा उपभोगमा प्राथमिकता, देशमा थप विकेन्द्रिकृत तथा सन्तुलित विकासमा जोड दिने, निर्यातमुखी व्यापारमा जोड दिई व्यापार असन्तुलनलाई कमी गर्ने, क्रमिक रूपले व्यवस्थित ढंगले जोखिम न्यूनीकरण गर्दै उद्योग कलकारखाना खोल्दै जाने कार्य गर्नुपर्ने देखिन्छ ।

यसबाहेक अन्य थुप्रै कार्य विभिन्न क्षेत्रअनुसार थप अनुसाशित व्यवस्थित तथा इमानदारिताका साथ खोल्दै जाँदा आर्थिक विकासको गतिलाई द्रुत्तताका साथ सञ्चालन गरी समृद्ध नेपाल बनाउनमा थप सहयोग मिल्नेछ ।
(लेखक पूर्वबैंकर हुन्)

(Visited 40 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत...

भर्खरै

कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

काठमाडौं । कोभिड १९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकले १२...

भारतमा एकैदिन ९ हजार भन्दा बढी संक्रमित, मृतकको संख्या ६ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको...

सिन्धुलीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना, अस्पतालका सबै सेवा सुचारु

सिन्धुली । सिन्धुलीका कोरोना संक्रमितलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा बुधबार एकजनामा कोरोना संक्रमण भेटिएपछि उनलाई विहिबार विहान आइसोलेसनमा भर्ना गरी उपचार...

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

धेरै पढिएका

कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

काठमाडौं । कोभिड १९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकले १२...

भारतमा एकैदिन ९ हजार भन्दा बढी संक्रमित, मृतकको संख्या ६ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको...

सिन्धुलीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना, अस्पतालका सबै सेवा सुचारु

सिन्धुली । सिन्धुलीका कोरोना संक्रमितलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा बुधबार एकजनामा कोरोना संक्रमण भेटिएपछि उनलाई विहिबार विहान आइसोलेसनमा भर्ना गरी उपचार...

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

ई-पेपर

(Visited 35 times, 1 visits today)