Thursday, June 4, 2020
Home बिचार स्वास्थ्य सुविधाको दिगो व्यवस्थापन

स्वास्थ्य सुविधाको दिगो व्यवस्थापन

छिमेकी मित्रराष्ट्र चीनको हुवेईप्रान्तको बुहान नगरपालिकाको स्वास्थ्य नियोगले सन् २०१९ डिसेम्वर ३१ तारेखका दिन आधिकारिक रूपमा घोषण गरेको कोभिड–१९ अर्थात् कोरोना भाइसरले महामारी रोगको रूप धारण गर्दै हाल विश्वका २१२ देशमा फैलिई पुरै विश्वलाई नै आक्रान्त पारिरहेको छ । विश्व स्वास्थ्य संगठनको १४ मे २०२० को वल्डोमिटरका अनुसार कोभिड–१९ ले करिब ४३ लाखभन्दा बढी जनसंख्यामा संक्रमण फैलिई २ लाख ९२ हजारभन्दा बढीको दुःखद मृत्यु भइसकेको छ ।

नेपालमा पनि यसको संक्रमण दर पछिल्ला दिनमा तीव्र रूपमा वृद्धि हँुदै गएको छ । हजारौं मानिस देशका विभिन्न स्थानका क्वारेन्टाइन र आइसोलेसन वार्डमा रहेका छन् । परीक्षणको वृद्धिसँगै संक्रमणको संख्या पनि क्रमशः बढ्दै गइरहेको छ । परीक्षणको दायरा बढाउदै जानु अनिवार्य आवश्यकता हो । परीक्षणको दर विश्लेषण गर्दा प्रति १० लाखमा अमेरिकामा ३० हजार १७, बेलायतमा २९ हजार ५६६, भारतमा एक हजार ३४४ रहेको थियो । यसैगरी नेपालको २६२३ रहेको थियो । यो तथ्यांकबाट नेपालको परीक्षणको दायरा न्यून रहेको र दायरा वृद्धिपछि प्राप्त हुने तथ्य, तथ्याङ्कका आधारमा रणनीतिक र कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

स्थानीय स्वास्थ्य सेवा विस्तार, निर्माण, विकास र स्तरोन्नतिमा राज्यको नीति, कार्यक्रम, बजेट लक्षित गर्नु आजको चुनौती र आवश्यकता हो

कोभिड–१९ को प्रभावबाट राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, विकास साझेदारको प्राथमिकीकरणमा आएको परिवर्तनसँगै नेपालको नीति, कार्यक्रम र बजेटमा पनि १५औं योजनाका प्राथमिकतालाई पुनरावलोकन गरी स्वास्थ्य, पोषण र रोजगारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्थामा नेपालको स्वास्थ्य सुविधाको विश्लेषण गरी भविष्यमा आधारभूत स्वास्थ्यसेवादेखि विशेषज्ञ सेवालाई नेटवर्किङ गर्नेगरी समग्र स्वास्थ्य नीति, कार्यक्रम र बजेट तर्जुमा गर्नु आजको सर्वस्विकार्य विषय हो । अतः स्वास्थ्य सुविधाको विश्लेषणसहित जनताको नजिकको सरकारको रूपमा रहेका पालिकाको स्वास्थ्य सुविधा विकास, विस्तार र सुदृढीकरण गर्ने अवसरको प्रारम्भका रूपमा आगामी वर्षको नीति, कार्यक्रम र बजेटलाई लक्षित गरिनुपर्छ ।

विश्वमा फैलिएको महामारीसँग जुध्न मौज्जदा स्वास्थ्य सुविधाको विश्लेषण गरी रणनीतिक रूपमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाई क्रमशः लागू गर्दै स्वास्थ्य संस्था, जनशक्ति, प्रयोगशाला र सचेतनाको स्तरको विश्लेषण गर्नु जरुरी हुन्छ । विश्व स्वास्थ्य संगठनले प्रतिहजार जनसंख्यालाई १ जना डाक्टरको मापन कायम गरेकोमा वल्र्ड एट्लासको तथ्यअनुसार नेपालमा प्रति १७ सय २४ जनाको लागि १ डाक्टर उपलब्ध छ भने कतार र स्पेनमा यो संख्या क्रमशः ७.७४ र ४.९५ रहेको छ । मौज्जदा डाक्टरको उपलब्धताको अनुपात काठमाडौं उपत्यकाको तुलनामा र ग्रामीण क्षेत्रमा धेरै अन्तराल रहेको पाइन्छ । काठमाडौं उपत्यकामा प्रति ८५० जनसंख्याका लागि १ जना डाक्टर उपलब्ध छन् भने यो आँकडा ग्रामीण भेगका जनसंख्याका लागि १ लाख ५० हजारमा मात्र १ डाक्टरमा सीमित रहेको छ ।

यसैगरी, अस्पतालको शøया र जनसंख्याको अनुपात विश्लेषण गर्दा कति जनघनत्वको लागि कति अस्पताल शøया वा संख्या हुनुपर्ने भन्ने विश्वका मान्यतानुसार नभए तापनि विश्व बैंकको सन् २०२० को कलेक्सन अफ डेभेलपमेन्ट इन्डिकेटर्सका अनुसार सन् २०१२ को आँकडा हेर्ने हो भने नेपालमा प्रतिहजार जनसंख्याको लागि ०.३ अस्पतालको शøया संख्या उपलब्ध रहेको छ ।

त्यसैगरी, नेपालमा सरुवा रोग, मातृशिशु, स्वास्थ्य, कुपोषण, गर्भ स्वास्थ्यको कारणले मृत्यु हुने प्रतिशत कुल मृत्युको २५५ रहेको छ । कोरोना संक्रमणका बिरामीका लागि सघन उपचार कक्ष को व्यवस्था हुनु जरुरी छ । सो उपचार कक्षमा भेन्टिलेटरको प्रबन्ध गरिनुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालभर करिब ६ सयवटा भेन्टिलेटर मात्र रहेका छन्् । जसमध्ये ४ सय काठमाडौं उपत्यकाका अस्पतालमा रहेका छन् ।

सन् २०२० को अप्रिल ८ को माई रिपब्लिकाअनुसार १ लाख १४ हजार जनसंख्याका लागि एक भेन्टिलेटर उपलब्ध छ । सीमित संख्यामा उपलब्ध भेन्टिलेटरमा पनि २५ प्रतिशत भेन्टिलेटरको लाइफ सेभिङ काम गर्न सक्ने अवस्थामा छैनन्् । कुल संक्रमितमध्ये ५ प्रतिशतका लागि भेन्टिलेटर आवश्यक हुन्छ ।

माथिका तथ्यांकबाट नेपालमा मौज्जदा डाक्टरको उपलब्धता, अस्पतालको शøया र जनसंख्याको अनुपात, भेन्टिलेटरको उपलब्धता पर्याप्त देखिँदैन । रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विषयमा विश्लेषण गर्दा स्वच्छ खाना, पानी र सरसफाइको उपलब्धता, नियमित व्यायाम र आराम तथा तनावरहीत जीवनयापनसँग सम्बन्धित कुरालाई व्यावहारिक रूपमा उतार्ने कुरासँग सम्बन्धित रहन्छ । यी सबै सुविधाको उपलब्धता र प्रयोग नेपाली जनताको जीवनस्तर र व्यवहार फरकफरक भएकाले प्रतिरोधात्मक क्षमता पनि फरक हुने नै देखिन्छ । स्वाभाविक रूपमा गरिबीका रेखामुनिका जनताको प्रतिरोधी क्षमता न्यून हुन आउँछ ।

यी माथिका तथ्यतथ्यांकको विश्लेषणबाट मौज्जदा स्वास्थ्य संरचना, जनशक्ति, प्रयोगशाला, उपकरण र व्यवस्थापन पर्याप्त मात्रामा नरहेको देखिन्छ । कोभिड–१९ अर्थात् कोरोनासँग जुध्न तीनै तहका सरकारले संयुक्त पहलकदमी गर्दै स्वास्थ्यसँग जोडिएका सबै अवयवमा क्रमशः लगानी वृद्धि गर्दै यसलाई अवसरका रूपमा लिनुपर्ने देखिन्छ । स्वास्थ्य संस्थाको सुदृढीकरण, विकास र दिगोपना कायम गर्न नेपालको संविधान, सार्वजनिक स्वास्थ्य ऐन २०७५ राष्ट्रिय स्वास्थ्यनीति २०७६ ले दिशानिर्देश गरेअनुसार नै तीनै तहका सरकारले आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । स्वास्थ्य सुविधाको सञ्चालन र विकासका लागि आधारभूत स्वास्थ्य सुविधासहितको पालिकाले आआफ्नो क्षमताअनुसार आफैं विकास र सञ्चालन गर्नसक्ने एक अस्पताल प्रत्येक पालिकाले व्यवस्थापन गर्नुपर्दछ । यसको योजना तर्जुमा, विकास र सञ्चालनमा अन्तरपालिका समन्वय अति जरुरी छ । रिफर अस्पताल प्रदेश सरकारको जिम्मेवारीमा र विशेषज्ञ सेवा संघीय सरकारको जिम्मेवारीमा राख्नुपर्छ । तदअनुसारको स्वास्थ्य जनशक्ति नियुक्ति, सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित पालिकालाई नै दिनुपर्छ ।

माथिका सिद्धान्तमा रहेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विभाग र डीएफआईडीको सहयोगमा सञ्चालित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको नेपाल हेल्थ सेक्टर सपोर्ट प्रोगामले २०७५ कार्तिक महिनामा गरेको संयुक्त अध्ययनमा ५ बेडको ५३ वटा, १० बेडको १५८ वटा, १५ बेडको २११ र २५ बेडको १० वटा अस्पताल तत्काल निर्माण गर्नुपर्ने र १५ बेडको २०३ वटा र जिल्ला अस्पताल स्तरको ११८ वटा अस्पताललाई स्तरोन्नत्ति गर्नुपर्ने देखिन्छ । ती अस्पतालमा खानेपानी, शौचालय, वैकल्पिक पावरको व्यवस्था, पहुँचमार्ग, ल्यान्ड स्केपिङ ¥यामलिफ्टसहित अस्पतालजन्य फोहोरमैला व्यवस्थापन र ढलजन्य फोहर व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने देखिएका छ । ती कार्यको लागि ६१ अर्ब ३२ करोड ३४ लाख कुल लागत लाग्ने अनुमान गरिएको छ ।

तीनै तहका सरकारको लागत सहभागितामा ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको र सञ्चालन र व्यवस्थापनको पूर्णजिम्मेवारी स्थानीय सरकारको रहने गरी प्रबन्ध गर्नुपर्ने सिफारिस गरिएको छ । सञ्चालन र व्यवस्थापनको लागत, जनशक्तिको पनि आँकलन गरी सुरुका वर्षमा शतप्रतिशत ससर्त अनुदानप्रदान गरी क्रमशः संघीय अनुदान फेज आउट गर्ने मोडेल तयार गर्नुपर्ने हुन्छ । यी अस्पतालको संयोजन र नेतृत्वमा पालिकाभित्रका सबै स्वास्थ्य सेवा सञ्चालन गरिनेछ । यसरी दीर्घकालीन सोच र लक्ष्यका साथ स्थानीय स्वास्थ्य सेवा विस्तार, निर्माण, विकास र स्तरोन्नतिमा राज्यको नीति, कार्यक्रम, बजेट लक्षित गर्नु आजको चुनौती र आवश्यकता हो ।
(घिमिरे सीडीई स्थानीय पूर्वाधार विभागका शोधकर्ता हुन् ।)

(Visited 35 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत...

भर्खरै

कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

काठमाडौं । कोभिड १९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकले १२...

भारतमा एकैदिन ९ हजार भन्दा बढी संक्रमित, मृतकको संख्या ६ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको...

सिन्धुलीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना, अस्पतालका सबै सेवा सुचारु

सिन्धुली । सिन्धुलीका कोरोना संक्रमितलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा बुधबार एकजनामा कोरोना संक्रमण भेटिएपछि उनलाई विहिबार विहान आइसोलेसनमा भर्ना गरी उपचार...

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

धेरै पढिएका

कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

काठमाडौं । कोभिड १९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकले १२...

भारतमा एकैदिन ९ हजार भन्दा बढी संक्रमित, मृतकको संख्या ६ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको...

सिन्धुलीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना, अस्पतालका सबै सेवा सुचारु

सिन्धुली । सिन्धुलीका कोरोना संक्रमितलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा बुधबार एकजनामा कोरोना संक्रमण भेटिएपछि उनलाई विहिबार विहान आइसोलेसनमा भर्ना गरी उपचार...

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

ई-पेपर

(Visited 35 times, 1 visits today)