‘बिगुल’ टिजरमा दुई पुस्ताको राजनीति

काठमाडौं । आगामी ९ माघमा रिलिज गर्न लागिएको नेपाली चलचित्र ‘बिगुल’को आइतबार टिजर सार्वजनिक गरिएको छ । १ मिनट १५ सेकेन्डको यो टिजरले चलचित्र ‘बिगुल’ राजनीतिक विषयमा केन्द्रित चलचित्र रहेको दर्साउँछ ।

जसमा बुवा पुस्तादेखि छोरा जेनजी पुस्तासम्मको संघर्ष र उनीहरूको आन्दोलनका दृश्यहरू प्रस्तुत गरिएको छ । टिजरमा देशको वर्तमान राजनीतिसँगै, देश प्रेम, सम्बन्ध र जिम्मेवारी पनि प्रस्तुत छ । समाज परिवर्तनको लागि राजनीतिक चेतनाको ठुलो हात हुन्छ भन्ने सन्देश यो चलचित्रले दिने यसका निर्देशक रमेश कोइरालाले बताएका छन् ।

‘बिगुल’को कथाकार र निर्माता दिनेश कोइराला हुन् । यो चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मालश्री शर्मालगायतको अभिनय छ ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको यो चलचित्रको पटकथा–संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । जसमा शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२