Thursday, June 4, 2020
Home बिचार जैविक विविधता संरक्षणमा नेपाली प्रयास

जैविक विविधता संरक्षणमा नेपाली प्रयास

जैविक विविधताको संरक्षण, दिगो उपयोग र यी स्रोतबाट प्राप्त लाभको न्यायोचित बाँडफाँड गर्ने उद्देश्यले सन् १९९२ मा आजको दिन संयुक्त राष्ट्र संघीय जैविक विविधता महासन्धिविपरीत भएको हो र नेपाल सन् १९९४ मा यस महासन्धिको पक्ष राष्ट्र भई भूमिका निर्वाह गरिरहेको छ । सन् २००० को डिसेम्बरमा सम्पन्न संयुक्त राष्ट्रसंघीय महासभाले प्रत्येक वर्ष मे २२ को दिनलाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रूपमा मनाउने घोषणा गरेअनुरूप नेपालमा पनि प्रत्येक वर्ष यो दिवस मनाउन सुरु गरिएको छ । यस वर्षको नारा कोरोना महामारीको सन्दर्भलाई विचार गरी ‘आओर सोलुसन आर इन नेचर’ तय गरिएको छ । यस नाराले मानव जाति प्रकृतिकै एक अंग हो, फरक होइन भन्ने विषयलाई आत्मसात गर्र्दै सामूहिक प्रयास र ऐक्यवद्घतामार्फत प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध कायम गर्दै मानव भविष्य सुरक्षित राख्नुपर्नेमा जोड दिएको छ ।

विश्वको कुल भूभागको ३१ प्रतिशत वनले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको छ । एक अध्ययनअनुसार संसारभर झन्डै १ अरब ६० करोड मानिस जिविकोपार्जनका लागि वनमा आश्रित छन् । त्यस्तै करिब ४० प्रतिशत अक्सिजन वनबाट नै प्राप्त हुन्छ । सामाजिक–आर्थिक विकास तथा पर्यावरणीय सन्तुलनमा महŒवपूर्ण भूमिका रहे तापनि जैविक विविधताको संरक्षणमा विभिन्न चुनौती देखापरेका छन् । उदाहरणका रूपमा विश्वका झन्डै २५ प्रतिशत प्राणी तथा वनस्पति प्रजाति लोप हुने खतरामा रहेको तथ्य सार्वजनिक भएको छ । सन् २०१९ मा जैविक विविधता तथा पारिस्थितिकीय सेवासम्बन्धी अन्तरसरकारी वैज्ञानिक मञ्चले प्रकाशित गरेको प्रतिवेदनअनुसार आगामी एक दशकभित्र करिब १० लाख प्रजाति लोप हुन सक्ने औंल्याएको छ ।

विश्वभर फैलिएको कोरोना संक्रमणको महामारीले अर्थतन्त्रका अलावा जैविक विविधताका क्षेत्रमा गम्भीर असर पु¥याएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले कोरोना महामारीका कारण विश्व अर्थतन्त्र सन् २०२० मा ३ प्रतिशतले संकुच नहुने आँकलन गरेको छ भने नेपालको आर्थिक वृद्घि दर २.५ प्रतिशत रहने अनुमान गरेको छ । त्यस्तै विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्घि दर १.५ देखि २.८ प्रतिशत रहने अनुमान गरेको छ । कोरोना महामारीका कारण जैविक विविधताको क्षेत्रमा पर्न सक्ने असर केलाउने हो भने काष्ठ तथा गैरकाष्ठ वन पैदावारको उत्पादन घट्ने, बन्दाबन्दीको अवधि मावन, वन्यजन्तुको संरक्षणमा चुनौती थप हुन सक्ने, वन संरक्षण व्यवस्थापनमा वन समूहको गतिविधि र परिचालन न्यून हुने, पर्यापर्यटनमा कमी हुने, रोजगारीमा कमी आउने आदि देखिन्छ ।

भूगोल, हावापानी तथा वानस्पतिक क्षेत्रको संगमस्थल रहेको नेपाल जैविक विविधताको हिसाबले निकै धनी रहेको मानिन्छ

क्षेत्रफलको आधारमा विश्व मानचित्रमा सानो मुलुक देखिए तापनि विशिष्ट भौगोलिक अवस्था, उचाइमा विविधता र हावापानीमा अनेकताका साथै विभिन्न ६ वटा वानस्पतिक क्षेत्रको संगमस्थल रहेकोले जैविक विविधताको हिसाबले नेपाल निकै नै धनी रहेको मानिन्छ । जैविक विविधताको दृष्टिकोणले नेपाल विश्वको २५औं र एसियाको ११औं स्थानमा पर्ने अध्ययनले देखाएको छ । नेपालमा ११८ प्रकारका पारस्थितिकीय प्रणाली, ३५ प्रकारका वन र ७५ प्रकारका वनस्पति समुदाय पाइन्छ । देशको कुल भूभागको ४४.७४ प्रतिशत क्षेत्र वन तथा झाडी बुट्यानले ढाकेको छ । त्यसैगरी, संरक्षित क्षेत्रले नेपालको कुल भूभागको २३.३९ प्रतिशत क्षेत्र ओगटेको छ । सामाजिक–आर्थिक विकास तथा पर्यावरणीय सन्तुलनमा विशेष महŒव राख्ने यी प्राकृतिक स्रोतलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ । साथै यी स्रोतकोे उचित संरक्षण, सम्बद्र्धन र विवेकपूर्ण उपयोग गरी स्वच्छ वातावरणमा बाँच्न पाउने आमजनताको संविधानप्रदत्त मौलिक हक सुनिश्चित गर्नु उत्तिकै जरुरी छ । प्राकृतिक तथा मानवीय क्रियाकलापका कारण पर्यावरणीय प्रणालीमा आउने विचलनलाई सन्तुलनमा राख्न जैविक विविधताको संरक्षण अपरिहार्य छ ।

नेपालमा जैविक विविधता महासन्धि लागू भएयता जैविक विविधताको संरक्षण, यसको दिगो उपयोग र जैविक स्रोतमाथिको पहुँच र यसबाट प्राप्त लाभको न्यायोचित वितरणमा विभिन्न कार्य हुँदै आएका छन् । नेपालको संविधानले राष्ट्रिय हितअनुकूल तथा अन्तरपुस्ता समन्यायको मान्यतालाई आत्मसात गर्दै देशमा उपलब्ध प्राकृतिक स्रोतसाधनको संरक्षण, संवर्धन र वातावरण अनुकूल दिगो रूपमा उपयोग गर्ने र स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिंदै प्राप्त प्रतिफलको न्यायोचित वितरण गर्ने नीति लिएको छ । यसैगरी प्रकृति, वातावरण वा जैविक विविधतामाथि नकारात्मक असर परेको वा पर्न सक्ने अवस्थामा नकारात्मक वातावरणीय प्रभाव निर्मूल वा न्यून गर्न उपयुक्त उपाय अवलम्बन गर्ने विषय राज्यको नीति रहेको उल्लेख छ ।

संवैधानिक प्रावधानअनुरूप तिनै तहका सरकारबाट जैविक विविधताको संरक्षण, व्यवस्थापन र दिगो उपयोगको क्षेत्रमा काम भइरहेको छ । नीतिगत तथा कानुनी हिसाबले नेपाल सरकारले राष्ट्रिय वन नीति २०७५, राष्ट्रिय वातावरण नीति २०७६ र राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ कार्यान्वयनमा ल्याएको छ । यसैगरी, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली २०७३, वन ऐन २०७६ र वातावरण संरक्षण ऐन २०७६ पनि कार्यान्वयनमा आइसकेको छ । १५औं योजनाको आधारपत्र (२०७६÷७७–२०८०÷८१) मावन तथा जैविक विविधताको संरक्षण, पुनस्र्थापना र दिगो उपयोग गरिने उल्लेख गरिएको छ । नेपाल सरकारले स्वीकृत गरेको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०१४–२०२०) को कार्यान्वयनको समीक्षासहित जैविक विविधतासम्बन्धी छैटौं राष्ट्रिय प्रतिवेदन जैविक विविधता महासन्धिको सचिवालयमा पेस गरिएको छ ।

सरकार, स्थानीय समुदाय र संरक्षण साझेदार संस्थाको साझा प्रयासले वन, वन्यजन्तु र जैविक विविधता संरक्षणको क्षेत्रमा नेपालमा उल्लेखनीय कार्य भएको छ । समुदायमा आधारित वन व्यवस्थापन र सहभागितामूलक जैविक विविधता संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धी विश्वमा नै उदाहरणीय छ । वनले ओगटेको क्षेत्र विगतको तुलनामा झन्डै ५ प्रतिशतले वृद्घि, भूपरिधीय स्तरमा प्राकृतिक स्रोतको एकीकृत व्यवस्थापन, लोपोन्मूख तथा दुर्लभ प्रजातिको वासस्थान व्यवस्थापन, चोरी सिकारी नियन्त्रण, बाघ, अर्ना, कृष्णसार, घडियाल गोही, बाह्रसिंगेजस्ता वन्यजन्तुकोे संख्यामा वृद्धि आदिलाई उदाहरणका रूपमा लिन सकिन्छ । यस्तै वन्यजन्तुलगायतका प्राकृतिक सौन्दर्यताको कारण नेपाल भित्रने विदेशी पर्यटकमध्ये ६० प्रतिशतसम्मले संरक्षित क्षेत्र भ्रमण गर्ने गरेको पाइन्छ । यसरी जैविक विविधताको संरक्षणमार्फत पर्यापर्यटनमा अभिवृद्धि भई स्थानीय समुदायको आयआर्जनमा वृद्धि हुनुका साथै समग्र देशको अर्थतन्त्रमा टेवा पुग्दै आएको छ ।

जैविक विविधता संरक्षण कार्यक्रमलाई मूलप्रवाहीकरण गर्दै जानु अति आवश्यक छ

वन्यजन्तु एवं जैविक विविधताको संरक्षणमा नेपालले गरेका प्रयास र हासिल गरेका उपलब्धी प्रशंसनीय रहँदै आएको भए तापनि यस कार्यमा केही चुनौति पनि देखापरेका छन् । वन्यजन्तु वासस्थानको विनाश तथा क्षयीकरण, अतिक्रमण, अनियन्त्रित वन डढेलो, मिचाहा प्रजातिको प्रकोप, अव्यवस्थित भौतिक पूर्वाधारको निर्माण, वन्यजन्तुका अंगको चोरी निकासी तथा अवैध व्यापार, मानव वन्यजन्तु द्वन्द्व मुख्य चुनौतिका रूपमा रहँदै आएका छन् । वन तथा वातावरण मन्त्रालयले व्यवस्थापनमा देखिएका समस्या र चुनौतीलाई सम्बोधन गर्दै जैविक विविधताको संरक्षण र तीनको उचित व्यवस्थापनमार्फत स्थानीय समुदाय र समग्र राष्ट्रको समृद्धिमा योगदान पु¥याउने दिशामा कार्यक्रम केन्द्रित गर्ने प्रयास गरेको छ ।

संयुक्त राष्ट्रसंघले आगामी २०२१ देखि २०३० सम्मको अवधिलाई ‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाको दशक’ घोषणा गरेको सन्दर्भ, राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०१४–२०२०) को कार्यान्वयनको हाम्रो अनुभवलाई मनन गरी सन् २०२० पछिको जैविक विविधता संरक्षण, व्यवस्थापन र दिगो उपयोगसम्बन्धी प्रारुप तयार गर्नुपर्ने हुन्छ । समृद्घ नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षामा टेवा पु¥याउन र हाम्रो भावी पुस्ताका लागि स्वच्छ, स्वस्थकर तथा मनोरम वातावरण कायम राख्न विगतका पाठबाट सिक्दै हाम्रा अमूल्य जैविक विविधताको संरक्षण गर्नु आवश्यक छ । प्रकृतिलाई जोगाएमा मात्र मानव भविष्य सुरक्षित रहन्छ, त्यसैले पृथ्वीमा रहेका वनस्पति, जीवजन्तुलगायतका जैविक विविधताको संरक्षण गर्न सके मात्र हामी सुरक्षित रहन्छौं ।

कोरोना महामारीको असरलाई विचार गरी नेपाल सरकारले जेठ २ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ जसमा उत्पादन र रोजगारीलाई विशेष ध्यान दिइएको छ भने जैविक विविधताको संरक्षण र वनको सुरक्षाको विषयसमेत उल्लेख छ । कृषि वनको प्रवद्र्घन, वृक्षारोपण, दिगो तथा वैज्ञानिक वन व्यवस्थापन, जैविक विविधता संरक्षण, वनस्पति उद्यान संरक्षण तथा विकास, चुरे संरक्षणजस्ता विषय वन तथा जैविक विविधताको क्षेत्रमा सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको छ । तर, जैविक विविधता संरक्षण एक बहुआयामिक र अन्तरक्षेत्रगत विषय भएको हुनाले विभिन्न निकायबाट सञ्चालन हुने योजना तथा कार्यक्रममा यसलाई मूलप्रवाहीकरण गर्दै जानु अति आवश्यक रहेको छ ।
(लेखक वन तथा वातावरण मन्त्रालयका सचिव हुन् )

(Visited 1,207 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत...

भर्खरै

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

धेरै पढिएका

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

ई-पेपर

(Visited 35 times, 1 visits today)