नेत्रज्योति संघ धनकुटाको १५ औँ साधारणसभा सम्पन्न

धनकुटा । नेपालमा सन १९८१ मा शुन्य दशमलव ८४ प्रतिशत रहेकोमा सन २०२१ मा घटेर शुन्य दशमलव २८ प्रतिशतमा झरेको पाइएको छ। नेपाल नेत्रज्योति संघ धनकुटाको १५ औँ साधारणसभामा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो। यस्तै नेत्रज्योति संघ मार्फत २८ वटा अस्पताल र २ सय २६ उपचार केन्द्र सञ्चालनमा गरिएको बताइएको छ।

जसबाट सन २०२४ मा ३२ लाख ६८ हजारले आँखाको उपचार गराएकोमा २ लाख ५८ हजारले शल्यक्रियाको सेवा लिएकोमा ३४ हजारको निशुल्क शल्यक्रिया गरिएको जनाइएको छ। नेपाल नेत्रज्योति संघ धनकुटाका सचिव देवबहादुर खड्काका अनुसार धनकुटामा शल्यक्रियाको जरुरत देखिएका २ हजार ८ सय १३ जना र नियमित शल्यक्रियाको जरुरत ५ सय ६३ जना रहेका छन्। यस्तै चस्माको जरुरत २४ हजार २ सय १० जना रहेका छन्।

पूर्वी पहाडी जिल्लाका आखाँका रोगीहरुमा आँखाको सेवा पु¥याउने उदेश्यले वि.स. २०७० सालबाट सुरु भएको नेत्र ज्योति संघ धनकुटाद्धारा सञ्चालित डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालले १२ औं वार्षिक उत्सव तथा १५ औ साधारण सभा सम्पन्न गरेको हो। साधारण सभामा दिइएको जानकारी अनुसार अस्पतालबाट आर्थिक वर्ष २०७९–८० मा १४ हजार ३ सय ५८ जनाले, आर्थिक वर्ष २०८०–८१ मा १९ हजार ४६ जनाले र आर्थिक वर्ष २०८१–८२ मा १७ हजार ८ सय २५ जनाले विभिन्न सेवा लिएका छन्। यस्तै अस्पताले गत आर्थिक वर्षमा १ करोड ७० लाख ६३ हजार १ सय ३७ रुपैया ४८ पैसा आम्खानी गरेको थियो भने १ करोड ७० लाख ३१ हजार ५ सय ६९ रुपैयाँ ३१ पैसा खर्च गरि ३१ हजार ५ सय ६८ रुपैयाँ १७ पैसा बचत गरेको जनाएको छ।

साधारण सभाको अवसरमा नेपाल नेत्रज्याति संघ धनकुटाद्वारा संचालित डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले विराटनगर आँखा अस्पताल सम्मान गरेको छ। विराटनगर आँखा अस्पतालले रामप्रसाद आँखा अस्पताल धनकुुटाको सेवा गुणस्तर वृद्धिका लागि सहयोग पु¥याईएको भन्दै सम्मान गरेको थियो भने धनकुटा ७ निवासी रेजिना पलिखेले अस्पतालको कोष वृद्धिका लागि ५५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक