पठनशैली विकासका लागी पुस्तक प्रर्दशनी महत्वपुर्णः कावा मेयर परवीन

सप्तरी । राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले पठन संस्कृतीको विकास र पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपुर्ण हुने बताएकी छिन ।

राजविराजमा साझा प्रकाशनद्वारा आयोजित बृहत पुस्तक प्रर्दशनीको सोमवार अवलोकन गर्न पुगेकी उनले यस्ता कार्यक्रमलाई सबैले सहयोग गर्नूपर्नेमा जोड समेत दिइन । पढने बानीको विकास गर्नु पर्नेमा जोड दिदै उनले यस्ता खालको कार्यक्रमले पठन संस्कृतीलाई हुर्काउन मदत पु¥याउने विश्वास ब्यक्त गरिन ।

बैकल्पीक साधनको बढदो प्रयोग संगै पुस्तक र पत्रपत्रिकाका पाठक घटन थालेको भन्दै उनले हाम्रा विशिष्ट सम्पदा र दबिएर रहेको बौद्धिक सम्पतीको संरक्षणका लागी पनि यस्ता प्रर्दशनी आवश्यक रहेको बताईन । उनले बेला बेलामा यस किसीमको प्रर्दशनी हुनु साकारात्मक रहेको भन्दै यसले विद्यार्थीमा ज्ञान बृद्धि तथा लेखकको पहिचान स्थापितमा समेत योगदान पु¥याउने विश्वास ब्यक्त गरिन ।

पुस १ गते सम्म चल्ने प्रर्दशनीमा विभिन्न विद्याको २ हजार ६ सय भन्दा बढी शिर्षकका पुस्तक राखिएका छन । उक्त पुस्तकमा २० देखी ४० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइएको आयोजक साहित्यीक संस्था साझा प्रकाशनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२