Thursday, June 4, 2020
Home Not-to-be-missed नुयर २०२३ सम्म बायर्नमा रहने

नुयर २०२३ सम्म बायर्नमा रहने

म्युनिख । जर्मन क्लब बायर्न म्युनिखले आफ्ना भेट्रान गोलरक्षक म्यानुयल नुयरसँगको सम्झौता नवीकरण गरेका छन् । बायर्नले नुयरसँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन् । यससँगै नुयर सन् २०२३ सम्म बायर्नमा रहने पक्का भएको छ ।

३३ वर्षीय नुयरको सम्झौता २०२१ को समरसम्म रहेको थियो । क्लबले नुयरलाई लामो समयका लागि सम्झौता गर्न आनाकानी गर्दा बायर्नमा उनको भविष्य अन्योल बनेको थियो । बायर्नले नुयरकै विकल्पमा जर्मन क्लब साल्केबाटै एलेक्सन्डर नुवेललाई अनुबन्ध गरिसकेको छ । त्यसैले पनि नुयरको भविष्य के हुने भन्ने अन्योल सिर्जना भएको थियो । तर, बायर्नले यही भ्रमलाई चिर्दै नुयरसँगको सम्झौता नवीकरण गरेको हो ।

बायर्नका बोर्ड सदस्य ओलिभर कहानले आफ्नो गोलकिपर प्रशिक्षक टोनी तापलोभिकसँग काम गरिहनु महŒवपूर्ण रहेको र अब यो समस्याको समाधान भइसकेको बताएका छन् ।

‘मलाई धेरै सहज भएको छ । म यसलाई धेरै आशावादीका साथ हेर्नेछु । नुयरले जुन समस्याको सामना गरिरहेका छन् । म सजिलै राख्न सक्छु,’ जर्मनी तथा बायर्नका पूर्वगोलरक्षक कहानले भने, ‘हामी नुयरको करियरको यो चरण पनि लिन चाहन्छौं । उनी आफैंले क्लबमै रहने बताएपछि हामी उनलाई क्लबमै राख्न सफल भएका छौं ।’ बायर्नले यसअघि थोमस मुलर र अलफोन्सो डेभिसको पनि सम्झौता नवीकरण गरेको थियो । बायर्नका स्पोर्टिङ निर्देशक हसन सालीहामिदजिकले नुयरको सम्झौता नवीकरण हुन क्लब र नुयर दुवैका लागि महŒवपूर्ण रहेको बताएका छन् ।

सन् २०१४ को विश्वविजेता नुयर २०११ मा साल्केबाट बायर्नमा आएका थिए । उनले बायर्नबाट २ सय ४१ खेल खेलेका छन् । नुयरले बायर्नबाट ७ बुन्डेस लिगा, ४–४ पटक डीएफबी पोकल र सुपरकप, समान एकपटक यूईएफए च्याम्पियन्स लिग, यूईएफए सुपर कप र फिफा क्लब वल्र्डकप जितेका छन् । बायर्नले नुयरकै विकल्पमा साल्केबाटै एलेक्सन्डर नुवेललाई अनुबन्ध गरिसकेको छ । उनी आगामी समरबाट बायर्नमा हुनेछन् । नुवेलले पाडेरवर्नको युथ टोलीबाट प्रतिभा निखारेका थिए । उनलाई क्लबले नुयरको उत्तराधिकारीका रूपमा लिइसकेको छ । उनका सहयात्रीले नुवेललाई नुयरको उपनाम दिइसकेका छन् । २३ वर्षीय नुवेलले साल्केका लागि यो सिजनमा २० खेल खेलिसकेका छन् । उनले जर्मनीको यू–२१ टोलीबाट पनि खेलिसकेका छन् ।

कोरोनापछि सुरु भएको बुन्डेस लिगामा बायर्नले युनियन बर्लिनमाथि २–० को जित निकालेको थियो । बायर्नले यसै साता घरेलु मैदानमा फ्रन्कफर्टसँग खेल्दै छ । निको कोभाकको प्रशिक्षणमा रहँदा बायर्न यसअघि फ्रन्कफर्टसँग ५–१ ले पराजित भएको थियो ।

(Visited 14 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत...

भर्खरै

कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

काठमाडौं । कोभिड १९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकले १२...

भारतमा एकैदिन ९ हजार भन्दा बढी संक्रमित, मृतकको संख्या ६ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको...

सिन्धुलीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना, अस्पतालका सबै सेवा सुचारु

सिन्धुली । सिन्धुलीका कोरोना संक्रमितलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा बुधबार एकजनामा कोरोना संक्रमण भेटिएपछि उनलाई विहिबार विहान आइसोलेसनमा भर्ना गरी उपचार...

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)