Thursday, June 4, 2020
Home खेल च्याम्पियन्स लिग एक लेगमा हुने

च्याम्पियन्स लिग एक लेगमा हुने

जुरिच । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले यूईएफए च्याम्पियन्स लिग ‘फाइनल फोर’ मा खेलाउने योजना अघि सारेको छ । यूईएफए पदाधिकारीका अनुसार क्वार्टरफाइनल र सेमिफाइनल डबल लेग (होम एन्ड अवे)मा हुनेछैन ।

फाइनलको फोरको अर्थ चार दिने प्रतियोगिता हो, जहाँ दुई सेमिफाइनल र एक फाइनल हुनेछन् । एक दिन विश्राम हुनेछ । खेल टर्कीको इस्तानुबुलमै हुनेछ । तर, मिति तोकिएको छैन । यूईएफएले यो सिजन अन्त्य गर्न यस्तो प्रस्ताव अघि सारेको हो । त्यसअघि यूईएफएले प्रि–क्वार्टरफाइनलका बाँकी र क्वार्टरफाइनलका खेल ‘न्युट्रल भेन्यु’ मा खेलाउन सक्नेछ । यूईएफएले अगस्टको पहिलो साता प्रि–क्वार्टरफाइनलका बाँकी खेल गराउने योजना अघि सारिसकेको छ । यसबाट क्वार्टरफाइनलबाट ४ र सेमिफाइनलबाट दुई खेल कटौती गरिनेछ । यसले पनि सिजन छिटो सकाउन मद्दत गर्नेछ । फाइनल फोरको प्रस्तावमा १७ जुनमा बस्ने यूईएफएको बोर्ड मिटिङले पारित गर्न सक्नेछ । त्यसअघि २७ मेमा बस्ने बैठकले च्याम्पियन्स लिग र युरोपा लिगका लागि निर्धारित कार्यक्रमको प्रस्तावलाई अघि बढाइनेछ ।

क्वार्टरफाइनलदेखि सिंगल्स राउन्डमा खेलाउनेबारे पनि योजना बनाइएको छ । स्पेनिस एट्लेटिको मड्रिड, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), इटालियन क्लब एटलान्टा र जर्मन क्लब आरबी लाइप्जिगले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएका छन् । दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिड, इटालियन क्लब युभेन्ट्सले फ्रेन्च क्लब लियोन, स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नपोली र जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीसँग खेल्न बाँकी छ । यसअघि च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानुबुलमा ३० मेलाई तथा युरोपा लिगाको फाइनल पोल्यान्डमा २७ मेलाई तय भएको थियो ।

(Visited 34 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत...

भर्खरै

कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

काठमाडौं । कोभिड १९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकले १२...

भारतमा एकैदिन ९ हजार भन्दा बढी संक्रमित, मृतकको संख्या ६ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको...

सिन्धुलीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना, अस्पतालका सबै सेवा सुचारु

सिन्धुली । सिन्धुलीका कोरोना संक्रमितलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा बुधबार एकजनामा कोरोना संक्रमण भेटिएपछि उनलाई विहिबार विहान आइसोलेसनमा भर्ना गरी उपचार...

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)