कीर्तिमानी उचाइबाट ओर्लियो सुनको भाउ, चाँदीमा वृद्धि

काठमाडौं । सोमबार ऐतिहासिक उच्च विन्दुमा पुगेको सुनको मूल्यमा मंगलबार गिरावट आएको छ । निरन्तर उकालो लागिरहेको सुनको बजार भाउमा नयाँ रेकर्ड कायम भएको २४ घण्टा नबित्दै ‘ब्रेक’ लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ । यो गिरावसँगै आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन (सोमबार) सुन हालसम्मकै उच्च दर अर्थात् प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

सुनको भाउ ओरालो लाग्दा चाँदीको मूल्य भने बढेको छ । महासंघले मंगलबारका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ८८५ रुपैयाँ तोकेको छ । यो अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढी हो । सोमबार चाँदी प्रतितोला ३ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत शुक्रबार चाँदीले हालसम्मकै महँगो मूल्यको रेकर्ड (प्रतितोला ३ हजार ९०५ रुपैयाँ) कायम गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 308 times, 1 visits today)

epaper

ताजा समाचार

नागरिक बचाउ महाभियान र सरकारबीच १२ बुँदे सहमति