झाडीमा फालिएको अवस्थामा नवजात शिशु फेला

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा फालिएको अवस्थामा एक नवजात शिशु फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–८ स्थित भद्र टोलको नालाकिनारको झाडीमा मंगलबार नवजात शिशु (बालिका) फेला परेकी हुन् ।

एक महिला नियन्त्रणमा

स्थानीयले शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर शिशुको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकी शिशुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी राखिएको छ । शिशुको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले घटनामा संलग्न धनगढी उपमहानरपालिकाकी एक ३० वर्षीया विवाहित महिलालाई नियन्त्रणमा लिएको छ । महिलाका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रहेको कैलाली प्रहरीका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए । उनले प्रसव पीडाका कारण महिला धेरै बोल्न सक्ने अवस्थामा नरहेकोले नवजात शिशु फाल्नुको कारण पछिमात्रै थाहा हुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

epaper

ताजा समाचार

कपिलवस्तु–१ : एमाले–कांग्रेस आमनेसामने, 'नयाँ'को दबाब