सबै जिल्लामा उम्मेदवारी दिने उज्यालो नेपालको तयारी

सप्तरी । कुलमान घिसिङले नेतृत्व गरेको उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधीसभा निर्वाचनमा सबै जिल्लाबाट उम्मेदवारी दिने गरि तयारी अघि बढेको जनाएको छ ।

अहिलेको परिवर्तनलाई संस्थागत गर्दै “सही पदमा सही प्रतिनिधि” नाराका साथ जिल्ला जिल्लामा संगठन निर्माण, कमिटिहरु गठन तथा सम्भावित उम्मेदवारको सूची संकलन लगायतका माध्यमबाट उज्यालो नेपाल पार्टीले निर्वाचनको तयारी अघी बढाएको जनाएको हो ।

यसैक्रममा केन्द्रिय समितिका पदाधिकारीसहित पुगेको टोलीले मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सांगठनिक अभियान र निर्वाचन तयारी ’bout जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौं–सप्तरी सम्पर्क मञ्चका संयोजक डा. दिपक चौधरीले जिल्ला जिल्लामा संगठन बिस्तार गर्ने क्रममा सप्तरीमा समेत पार्टीको प्रचार प्रसार, संगठन निर्माण, जनतासँग प्रत्यक्ष संवाद तथा सम्भावित उम्मेदवारको नाम संकलन कार्य अभियानकै रुपमा अघी बढेको बताए ।

भ्रष्टाचारबाट मुक्ति तथा विकासको एजेण्डालाई पहिलो प्राथमिकतामा राखेर अघी बढेको आफ्नो पार्टीले उक्त मुद्दालाई सशक्त ढंगले उठाउने र सुशासन कार्यम गरि देशलाई समृद्ध बनाउने उनको दाबी थियो ।

अर्का केन्द्रिय सदस्य ई. तेजनारायण यादवले आगामी निर्वाचनमा उज्यालो पार्टीको उपस्थिति र भविष्य उज्वल हुने भन्दै जेनजी पुस्ताको पनि अपार समर्थन रहेको दाबी गरे ।

हाम्रा नेता इमान्दार छन्, उनले भने–त्यसैले निर्वाचनमा पार्टीको पक्षमा माहौल बनाउन सहज भएको छ । उनले स्वच्छ छवी भएका पार्टी अध्यक्ष घिसिङले अंगिकार गरेको बाटोमा पार्टी अघी बढेको भन्दै पहिलो सहभागितामै निर्वाचनमा उत्साहजनक परिणाम ल्याउने दाबी समेत गरे ।

पत्रकार सम्मेलनमा काठमाडौं–सप्तरी सम्पर्क मञ्चका सहसंयोजक हर्खनारायण चौधरी, सचिव बेदानन्द साह, सहसचिव इन्द्रशंकर चौधरीले पनि पार्टीको गतिबिधी ’bout जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२