डाबर नेपालको महमा अखाद्यबस्तु

वीरगन्ज । लिपनीमाल बारामा रहेको अन्तराष्ट्रिय मल्टिनेशनल कम्पनी डाबर नेपालले उत्पादन गरेको महमा अखाद्यबस्तु फेला परेको छ । बालबालिका वृद्धवृद्धाले समेत औषधीयगुणका रुपमा खाने ‘मह’ जस्तो संवेदशील खाद्य बस्तुमा किरा तथा कमिला जस्तो अखाद्यबस्तु फेला परेको हो ।

खाद्य सुरक्षाका दृष्टिकोणले पनि यस्तो बस्तु भेटिनु क्षम्य नहुने पाइएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ लिपनीमालमा रहेको डाबर नेपालले उत्पादन गरेको यस्तो महका ’bout उपभोक्ता हित संरक्षण मञ्च नेपालले समेत गम्भिररुपमा चासो देखाएको पाइएको छ । डाबर नेपालले उत्पादन गरेको महको व्याच नं. एनबी ००४२१, उत्पादित मिति १२।२४ उल्लेख भएको २५० ग्रामको शिलप्याक बट्टामा कमिला र किरा फेला परेको भेटिएको छ । मञ्चले बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा यसको खोजपड्ताल गर्न उजुरी समेत दिएको खुलेको छ ।

बाणिज्य कार्यालयको ७०२ नम्बर दर्ताले यसको पुष्टि गरेको छ । स्थानीय उपभोक्ता (दिनेश जी) ले बच्चालाई खुवाउनका लागि नजिकको डिलरकहाँ पुगी २ सय ४० रुपैया मूल्य पर्ने सो मह खरिद गर्दा महमा किरैकिरा फेला परेपछि उपभोक्ता हित संरक्षण मञ्चलाई अवगत गराई डाबर नेपालको महमा अखाद्य बस्तु फेला परेको गुनासो गरेको तथ्य छ । उपभोक्ता हित संरक्षण मञ्चमा गुनासो गरेपछि चासो राख्दा वास्तविकता फेला परेपछि यस्तो हर्कत गर्न नमिल्ने मञ्चले पनि तर्क गरेको छ ।

कम्पनीको उत्पादनमा अनुगमन गरी कार्वाही होस् भनी उपभोक्ता हित संरक्षण मञ्चले माग गर्नु अन्यथा होइन मञ्चका केन्द्रिय सदस्य अजित भूजेलले राजधानी दैनिकसँग बताए ।

नेपाली भूमिमा उद्योग स्थापना गरी डाबर नेपालले अधिकाँश भारतीय श्रमिक राखी खाद्यवस्तु उत्पादनमा नेपाली उपभोक्तालाई ठगी गर्दै आएको गुनासो योभन्दा पहिले पनि नआएको होइन । उद्योगहरुले सामाजिक उत्तरदायित्व वहन गर्ने कुरामा समेत डाबर नेपाल पछिल्लो समय पन्छिने गरेको जनगुनासो बढेको छ ।

कहिले तौलमा फरक पार्ने त कहिले अखाद्यबस्तु भेटिने मात्र नभई हज्मोलाको प्याकेटमा समेत केही प्याकेट खाली‐खाली प्याक गरी त्यसमा समेत उपभोक्तालाई ठगी गर्ने गरेको उपभोक्ताको गुनासो छ । उद्योगको अनुगमन र उत्पादनमा के कस्तो अवस्था छ ? उपभोक्ता ऐन २०७५ बमोजिम कार्वाही हुनु पर्ने दवाव बढेको खुलेको छ ।

अखाद्य मह लगायतको कमजोरीका ’bout वास्तविकता बुझ्न डाबर नेपालको कम्पनीमा पुगेका संचारकर्मी लगायत जिम्मेवार व्यक्तिसँग समेत मैत्रीपूर्ण व्यवहार नगरी गलत हर्कत गर्ने गरेको तथ्य समेत उजागर भएको छ । यस बिषयमा वास्तविकता बुझ्न डाबर नेपाल बारास्थित उद्योगका प्रशासन प्रमुख आशुतोष यादवसँग धेरैपटक सम्पर्क गरिए पनि उनले यस’bout केही जवाफ दिन चाहेनन् । नियमनकारी निकायले भने सुक्ष्म अनुसन्धान भइरहेकोले अहिले निष्कर्षमा पुग्न बाँकी रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 456 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२