नवराज पहाडी
लमजुङ । जन्म मिति नै फरक भएका दुई नागरिकता र दुई पासपोर्ट बनाएर अमेरिका र यूके गई नेपालीलाई ठग्ने एक महिलाको नागरिकता छानविनमा परेको छ । लमजुङको क्ब्होलासोंथर गाउँपालिका– ३ साविक घले उत्तरकन्या गाविस– ६ मा जन्म घर भएकी कविता गुरुङको नागरिकता छानविनमा परेको हो ।
उनी हाल कास्कीको लेखनाथ नगरपालिका– १२ मा बसोबास गरिआएको जिल्ला प्रशासन लमजुङले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार कविताले नौ वर्ष १३ दिनको फरक जन्म मिति राखेर कास्की र लमजुङ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको देखिएको हुँदा पछिसम्म फरक नपर्ने गरी छानविनका लागि अनुसन्धान अघि बढाउन पत्राचारको काम भएको प्रमुख जिल्ला अधिकारी डा. टोकनाथ पाण्डेले बताउनुभयो ।
प्रजिअ डा. पाण्डेका अनुसार सो नागरिकता छानविनका लागि गृहमन्त्रालयले गत कार्तिक २१ गते कविताको नागरिकताका ’boutमा पत्र पठाएको थियो । गृहले लमजुङ र कास्की दुवै जिल्ला प्रशासनलाई पत्र लेख्दै सो नागरिकता पछिसम्म फरक नपर्ने गरी अनुसन्धान गरी सत्य, तथ्य किटान गरी पठाउन निर्देशन दिएको थियो ।
कविता गुरुङले २०५९ पुस २२ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट जन्म मिति २०२७ मंसिर १९ गते जन्म मिति राखेर पहिलो पटक नागरिकता लिएकी रहिछन् । त्यस्तै, दोस्रो पटक उनले नाम थर परिवर्तन गरी लोक्छी श्रेष्ठ घलेका नाउँमा जिल्ला प्रशासन कार्यालय लमजुङबाट जन्म मिति २०३६ पुस २ गते उल्लेख गरी ९ वर्ष १३ दिन उमेर घटाएर नेपाली नागरिकता प्रमाणपत्र २०६६ फागुन ९ गते लिएको देखिन आएको छ ।
सो सम्बन्धमा गृह मन्त्रालयमा कविता गुरुङका विरुद्ध उनले कीर्ते नगरिकता लिई सोही आधारमा पासपोर्ट बनाई अमेरिकामा र बेलायतमा बस्ने नेपालीहरूलाई ठगी गरिआएको भन्ने ेउजुरी परेको रहेछ ।
कविता गुरुङले नेपाल नगरिकता ऐन– ६३ को दफा १३ को कसुर गरेको देखिन आएको हुँदा सोही ऐनको दफा २१ को उपदफा ३ बमोजिक कारवाही गर्न माग गरी निवेदन परेको छ । त्यस’boutमा गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय कास्कीलाई गत असोज ९ गते र जिल्ला प्रशासन कार्यालय लमजुङलाई गत कार्तिक २१ गते पुनः पत्र लेख्ने काम गरेको हुँदा यतिबेला जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्ला प्रहरी कार्यालय लमजुङलाई पत्र लेख्दै यथार्थ बुझ्ने काम गरी छानविन गरी पेश गर्न भनेको बताइएको छ ।






