प्रदेश २ को मुख्यमन्त्रीमा मनीषलाई अघि सारिने

काठमाडौं । राजपा नेपालले प्रदेश २ को मुख्यमन्त्रीका लागि प्रदेश सांसद मनीष सुमनलाई अगाडि बढाउँदै छ । नेकपा र राजपा नेपालको अब बन्ने प्रदेश सरकारमा मनीषलाई मुख्यमन्त्री बनाउने योजना रहेको स्रोतको दाबी छ ।

नेता स्वदेश फर्किपछि राजपा नेपाल प्रदेश २ को संसदीय दलको निर्वाचन गर्ने तयारीमा छ । राजपा नेता महन्थ ठाकुरले एक पत्र लेख्दै प्रदेश २ मा जितेन्द्र सोनललाई संसदीय दलको नेता तोकेका छन् । सोनल अहिले प्रदेश २ सरकारको भौतिक पूर्वाधारमन्त्री हुन् ।

राजपाले संसदीय दलको नेताको निर्वाचन अहिलेसम्म गरेको छैन । राजपाका सांसदले संसदीय दलको नेताको निर्वाचन माग गर्दै अध्यक्षमण्डललाई अनुरोध गरिसकेका छन् ।

नेकपा र राजपाको बन्ने नयाँ गठबन्धनको प्रदेश सरकारमा मनीषलाई मुख्यमन्त्री बनाउन संसदीय दलको नेताको निर्वाचन गर्नुपर्ने तयारी पार्टीमा छ । यद्यपि, सोनलले यो प्रक्रिया रोक्ने प्रयास गर्दै आएका छन् । निर्वाचन भए सोनल संसदीय दलको नेताका लागि निर्वाचन लड्ने तयारीमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै